Aricle Tech

काठमाडाैं : योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था गरेको छ । कोषका अनुसार योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ८३ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ती अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जनाएको छ । नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १७, मधेश प्रदेशका १४, बागमती प्रदेशका ३२, गण्डकी प्रदेशका आठ र लुम्बिनी प्रदेशका सात वटा, सुदूरपश्चिममा दुई वटा गरी कोषको प्रणालीसँग जोडिएका ८३ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सकिने कोषले जनाएको छ  ।२०७९ फागुन १ यता देशभरका विभिन्न स्थानमा…

विस्तृतमा...

नवलपरासी : पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ  । जिल्लाको पहाडी क्षेत्र बुलिङटार र बौदीकाली गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो  । पहिलो पटक आयोजना गरेको निःशुल्क शिविरले महिलाको पाठेघरको समस्या र पाठेघरको मुखको क्यान्सर रोगका सम्बन्धमा पहिचान र रोकथाम गर्न सहयोग पुगेको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख अशोककुमार श्रेष्ठले बताए । दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा ८५ जना महिलाले पाठेघरको मुखको क्यान्सरको स्वास्थ्य जाँच गरेकाे प्रमुख श्रेष्ठले बताए  । शिविरमा पाठेघरको क्यान्सर परीक्षण गर्दा नौ जनामा स्वास्थ्य समस्या देखिएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले जनाएको छ  । जसमध्ये दुई जनालाई शिविरमै थर्मो क्वागुलेसन…

विस्तृतमा...

काठमाडौं : काठमाडौंको हावा फेरि अवस्थकर देखिएको छ । वायु शुद्धता सूचकांकअनुसार काठमाडौं खराव हावाको सूचीमा पहिलो नम्बरमा परेको छ । वायु गुणस्तरअनुसार काठमाडौंको एक्युआइ १८४ पुगेको छ । सूचकांकअनुसार सयभन्दा माथिको वायुलाई हानिकारक मानिन्छ । वातावरण विभागले अद्यावधिक गरेको विवरणअनुसार काठमाडौंको वायु घातक देखिएको छ । देशभर डढेलोका घटना वृद्धि हुँदा हावा हानिकारक बन्न पुगेको हो । खराब वायुको सूचीमा चीनको बेइजिङ सहर दोस्रो नम्बरमा छ । बेइजिङको एक्युआइ १६४ रहेको छ । तेस्रो नम्बरमा थाइल्यान्ड रहेको छ । थाइल्यान्डको १६२ एक्युआइ छ भने भारतको कोलकाताको एक्युआइ १५१ रहेको छ ।

विस्तृतमा...

नयाँ दिल्ली :  भारतकाे दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । प्रत्यक्ष प्रसारणको क्रममा तातो हावाको लहरका कारण समाचार पढ्दै गर्दा उनी बेहोस भएकी हुन् । समाचार पढदै गर्दा उनको रक्तचाप अचानक घटेकाे थियाे । ‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ,’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा भनेकी छिन् । लोपामुद्रा सिन्हाले भनिन्, ‘अत्यधिक गर्मी र रक्तचापमा अचानक गिरावट आएपछि म बेहोस भएँ ।’उनका अनुसार कूलिङ सिस्टममा केही गडबडीका कारण स्टुडियो भित्र अत्यधिक गर्मी भएको उनको भनाइ छ । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका…

विस्तृतमा...

गोरखा : गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ । आइतबार गोरखा अस्पतालका सर्जन डा. जीतेन्द्र सिंह र विश्वराज खड्का र एनेस्थेसिया डा. शम्भु अधिकारीको टिमले उनको सफल शल्यक्रिया गरेका हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालका अनुसार एक महिनाअघि देखि किटनाशक औषधीको मेटलको बोत्तल उनकाे मलद्वारमा अड्किएको थियाे । करिब ३ घण्टाको अप्रेशन पश्चात बोत्तल निकालिएको छ । ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको डा खनालले जानकारी दिए । बोत्तल कसरी उनको मलद्वारभित्र कसरी अड्कियो भन्ने विषयमा जानकारी लिइरहेको अस्पतालले जनाएको छ ।

विस्तृतमा...

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा चिकित्सा विषयमा स्नातकोत्तर तह ( एमडी) को पठनपाठन सुरुआत भएको छ । प्रतिष्ठानमा पहिलोपटक एमडी तहको पठनपाठन थालिएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने जानकारी दिए । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले एमडी तहमा अध्ययनका लागि भर्ना भएका चिकित्सकलाई स्वागत गरे । सो अवसरमा प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै प्रदान गरिरहेको सेवाका बारेमा जानकारी पनि गराइएको थियो । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानका लागि निर्धारण गरेको चारवटा सिटमा एमबिबिएस तह अध्ययन पूरा गरेका चिकित्सक एमडी तहमा भर्ना भएका थिए । तीमध्ये एमडीजिपीमा दुई, गाइनोकोलोजीमा एक र अर्थोपेडिकमा एकजना रहेका छन् । एमडी तहको पठनपाठनका…

विस्तृतमा...

तनहुँ : आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ । नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो । अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डिबी क्षेत्रीले जानकारी दिए। स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाबाट सूचीकृत हुन बाँकी रहेकाले आंशिकरुपमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएको उनले बताए । उक्त कार्यक्रममा अस्पताल सूचीकृत भएपछि डायलाइसिसका बिरामीले प्रतिउपचार ‘सेसन’मा रु दुई हजार पाँच सय तिर्नुपर्दैन”, उनले भने, “नेपाल सरकारबाट रकम उपलब्ध गराइने हुँदा बिरामीले सहजरुपमा सेवा पाउने छन् ।” गण्डकी प्रदेश सामाजिक…

विस्तृतमा...

काभ्रेपलाञ्चोक : पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो । पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पी स्किन तथा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताए । पनौती नगर क्षेत्रभित्रका सम्पूर्ण पशुमा रोग रोगथामका लागि डेढ महिना अभियानको रूपमा किसानका गोठमा गई निःशुल्क खोप लगाइने छ । बाह्र वडा रहेका नगरमा विभिन्न मितिमा अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । शाखाले यसअघि सार्वजनिक अपिल गर्दै यस अभियानलाई किसानले साथ दिन र आफूले…

विस्तृतमा...

कञ्चनपुर : मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि अस्पतालले पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरण अभावका कारण बिरामी ‘रिफर’ गर्नुपर्ने बाध्यता रहेको छ । विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको कञ्चनपुरको महेन्द्रनगरस्थित प्रादेशिक अस्पताल २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर)का रुपमा परिणत भएको थियो । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यहाँ स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र १० तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी भएको जानकारी दिए । “यहाँ २०…

विस्तृतमा...

एजेन्सी : सिंगापुरका अधिकारीहरूले एभरेस्टको फिस करी बजारबाट फिर्ता बोलाउन आदेश जारी गरेका छन् । मसलामा अनुमति दिन मिल्ने सीमाभन्दा बढी इथालिन अक्साइड नामक विषादी भेटिएको भन्दै सो आदेश जारी गरिएको हो । सिंगापुरको फूड एजेन्सी (एसएफए)ले बिहीबार जारी विज्ञप्तिमा सिंगापुरमा सो मसला आयात गर्ने कम्पनी एसपी मुथिह एन्ड सन्स प्रालिलाई बजारबाट सारा मसला फिर्ता बोलाउने प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ । इथालिन अक्साइडलाई सिंगापुरमा खानेकुरामा प्रयोग गर्ने अनुमति नदिइएको एसएफएले बताएको छ । थोरै मात्रामा इथालिन अक्साइड भएको खानेकुरालाई खाँदा तत्कालै स्वास्थ्य समस्या नदेखिने भए पनि लामो समयसम्म सेवन गरिरहँदा स्वास्थ्यमा जटिलता आउन सक्ने बताइएको छ । ।

विस्तृतमा...