Aricle Tech

काठमाडौँ- स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । अब सङ्घीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीको व्यवस्थापनमा देखिएको समस्या समाधान हुने भएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त प्रस्ताव स्वीकृत गरेसँगै समस्यामा परेका सयौँ स्वास्थ्यकर्मीको व्यवस्थापन हुने भएको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले कर्मचारी समायोजन ऐन २०७५ को दफा २८ अनुसार स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आठ बुँदे प्रस्ताव तयार पारेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गर्दै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि…

विस्तृतमा...

बाँके – बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ । रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान हुन थालेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । केही दिनयता विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकाले रगतको अभाव नभएको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए । उनले भने, “अहिले तत्काल रगतको अभाव नभए पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम नगर्दा समस्या आउने देखिएको छ, त्यसैले रक्तदान भइरहेको छ ।” प्रमुख रेग्मीले नेपालगञ्ज मेडिकल सहरका रूपमा रूपान्तरण भएको उल्लेख गर्दै रेडक्रसका खजुरा, कोहलपुर, नेपालगञ्ज कार्यालयबाट दैनिक ७० देखि ८० पिन्ट रगतको माग…

विस्तृतमा...

केरला- भारतको केरलामा निपाह भाइरसको सङ्क्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । पूणे भाइरोलोजी इन्ष्टिच्यूटले बताएअनुसार मृतक मलप्पुरम जिल्लाका २३ वर्षका युवक थिए । उनको स्याम्पलमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ । विभागले आइतबार मृतक युवकको प्रत्यक्ष सम्पर्कमा आएका १५१ जनाको सूची जारी गरेको छ । विभागका अनुसार सम्पर्क सूचीमा रहेका तीन जनामा भाइरसको लक्षण देखिएको बताइएको छ । निपाह भाइरस कसरी सर्दछ ?निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्दछ। संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मिनसमा सर्छ। संक्रमित पशुको संसर्गमा आएका फलफूल प्रयोग गरेमा पनि सर्छ। यस्तै संक्रमित व्यक्तिको रगत, दिसा,…

विस्तृतमा...

काठमाडाैं- पछिल्लो समयमा धेरै दम्पतीलाई निःसन्तानपनको समस्याले सताएको छ । जसलाई बाँझोपन पनि भनिन्छ । यो समस्याको सामना गर्ने दम्पतीको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । डा स्वस्ती शर्माका अनुसार प्राइमरी र सेकेण्डरी गरि निःसन्तानपनका दुई प्रकार छन् । एकचोटी पनि गर्भवती नभएका माहिलालाई हुने समस्या प्राइमोरी निःसन्तानपन हो । एकचोटी गर्भवती भएर अर्कोपटक गर्भवती हुन नसकेका माहिलालाई भएको निःसन्तानपन भने सेकेण्डरी निःसन्तानपन हो । र्मोनको गढबढीले गर्दा समयमा अण्डा नबन्ने, डिम्बासयमा मासु पलाउने, पानीका फोकाहरू पलाउने वा एण्डोमेट्रोसिस हुने, पाठेघरमा मासु पलाउने, धेरै पटक गर्भ खेर गएको छ भने, पाठेघरमा जालीपलाने बच्चा बस्ने ठाउँ नहुँदा लगायतका अवस्थामा देखिने…

विस्तृतमा...

वीरगञ्ज- नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा अवरुद्ध भएको थियो । नारायणी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा एनामुल हकले अस्पतालमा आजदेखि एमआरआई सेवा पुनःसञ्चालनमा ल्याइएको बताए । “यसअघि भुक्तानी विवादका कारण मेसिनको सफ्टवेयर अपडेट नहुँदा सेवा प्रभावित हुँदै आइरहेको थियो”, उनले भने, “भुक्तानी विवाद समाधानगरी नियमित सेवा सञ्चालन गरेका छौँ ।” सङ्घीय सरकार मातहतको स्वास्थ्य सेवा विभागले गत कात्तिकमा बोलपत्रगरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीमार्फत चीनबाट रु ३० करोडमा उक्त मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको थियो । विभागले आपूर्तिकर्ताले मेसिन…

विस्तृतमा...

महिनावारी हुँदा पेट दुख्ने समस्या सबैमा हुन्छ । तर किन दुख्छ भन्ने कुरामा धेरैजसो अनविज्ञ छौँ । पेट किन दुख्छ भनेर थाहा पाउन पहिले हामीले महिनावारी किन हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । हाम्रो पाठेघरभित्र बच्चा बस्ने ठाउँमा हाम्रो महिनावारीपछि हर्मोनको कारणले एउटा सतह बढ्दै जान्छ । स्त्री तथा निसन्तानपन विशेषज्ञ डा. स्वस्ती शर्माका अनुसार महिला गर्भवती हुँदा त्यो सतहबाट बच्चाले खाना पाउँछ । गर्भवती भएन भने बाक्लो भएको सतह टुक्रिएर बाहिर आउँछ, जसलाई हामी रजस्वाला अथवा महिनावारी भन्छौँ । ‘त्यो बाक्लो भएको सतह टुक्रिएपछि बाहिर निस्किनको लागि पाठेघर खुम्चिने तथा फुक्ने हुन्छ । यसरी पाठेघर खुम्चिने फुक्ने गर्दा…

विस्तृतमा...

वाशिङटन डीसी- विश्वभर एमपक्स अर्थात् मंकीपक्सको प्रकोप फैलिरहेको छ । यस्तोमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पहिलोपटक एमपक्स भाइरस विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दिएको छ । सङ्गठनले पहिलो पटक शुक्रबार डेनमार्कको कम्पनी बवेरियन नर्डिकको खोपलाई वयस्कहरूमा प्रयोग गर्ने मन्जुरी दिएको हो । अहिलेसम्म एउटा निर्माताले मात्रै खोप बनाइरहेकोले यसको आपूर्ति सीमित भएको बताइएको छ । अफ्रिकामा फैलिएको अहिलेको प्रकोप र भविष्यमा हुने सङ्क्रमण रोकथाम दुवैको दृष्टिमा एमपक्सविरुद्धको खोपले यसरी प्रयोगको अनुमति पाउनु भाइरस विरुद्धको लडाइँमा महत्त्वपूर्ण चरण भएको डब्ल्यूएचओका महानिर्देशक डा.टेद्रोस अधानोम गेब्रियससले भनेका छन् । यो खोप ४ हप्ताको अन्तरालमा २ डोजमा दिइन्छ । पहिला एम्पक्सको सङ्क्रमण नभएका व्यक्तिमा यो…

विस्तृतमा...

काठमाडौं- यो वर्ष देशभर साढे नौ हजार जनामा डेंगी संक्रमण देखिएको छ । जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । यो अवधिमा संक्रमणबाट ६ जनाको मृृत्यु भएको छ । सेप्टेम्बरका १३ दिनमा (१ देखि १३ सम्म) मात्रै दुई हजार ६३३ जना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै तनहुँका एक हजार ४३५ जना संक्रमित भएका छन् । यस्तै, कास्कीका एक हजार ३१८, पर्वतका ८८०, काठमाडौंका ८७१ र चितवनका ६२८, जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट…

विस्तृतमा...

किमाथाङ्का- जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् । जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने कीट सकिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनका अनुसार जिल्लामा गत वैशाख यता स्क्रब टाइफसका तीन सय ३२ र डेङ्गी सङ्क्रमित एक सय एक बिरामी भेटिएका छन् । अस्पतालमा किट नहुँदा उपचारका लागि आउने बिरामीले स्क्रब टाइफसको परीक्षण गर्न महँगो मूल्य तिरेर निजी अस्पताल र क्लिनिक जानुपर्ने बाध्यता भएको खत्रीले बताए । जिल्ला अस्पतालमा निःशुल्क परीक्षण हुने स्क्रब…

विस्तृतमा...

पर्वत- जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो । सहरी विकास कार्यालयले भवनका लागि रु २८ करोड विनियोजन गरेर काम थालेको थियो । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा जमिन भासिएपछि ‘इ’ ब्लकको काम पनि अधुरै छ । कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ रहेको ‘इ’ ब्लक निर्माणको काम चलिरहेका बेलामा जमिन भासिएपछि पछिल्ला चार वर्षदेखि काम अघि बढ्न नसकेको पर्वत अस्पतालले जनाएको छ । भवनको…

विस्तृतमा...