Aricle Tech

सुर्खेत- लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन् । खकार चेक गर्दा क्षयरोग रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिए । शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसी जानकारी दिए । उनको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ ।

विस्तृतमा...

काठमाडौं- सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा अजित रायमाझीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा परिषदको उपाध्यक्षमा वरिष्ठ बाल रोग विशेषज्ञ डा रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । डा रायमाझी यसअघि कान्ति अस्पतालका दुई पटक निर्देशक भएका थिए । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन् । न्याम्सका संस्थागत समीक्षा बोर्ड (आइआरबी)का समेत अध्यक्ष रहेका रायमाझी शैक्षिक परिषदका सदस्यसमेत छन् । एमबीबीएस अल इण्डिया इन्स्ट्च्यिुट नयाँ दिल्लीबाट गरेका रायमाझीले बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी तथा बेलायतको लिभरपुल युनिभर्सिटीबाट पिएचडी गरेका छन् ।

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत भएको हो । यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैं सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी गठन आदेशबीना नियमावली बन्न नसक्दा वृत्ति विकासबाट बञ्चित हुँदै आएका थिए । ती सबैको समस्या समाधान गर्न अस्पताललाई विकास समितिमा परिवर्तन गर्ने मन्त्री पौडेलले केही अघि घोषणा गरेका थिए । उनले घोषणा गरेको एक महिनाभित्रै भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको समस्या समाधान भएको हो…

विस्तृतमा...

कैलाली – सुदूरपश्चिममै पहिलो पटक गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । बुधवारबाट अस्पतालमा स्तन क्यान्सरको परीक्षण अर्थात् म्यामोग्राफी सेवा सुरू भएको हो बुधवार अस्पतालमा म्यामोग्राफी मसिन जडान भएसँगै स्तन क्यान्सरको परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ । स्तन क्यान्सरको परीक्षण र उपचार गेटा अस्पतालमा सुरू भएसँगै सुदूरपश्चिमका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। अस्पतालमा अत्याधुनिक उपकरण जडान गरेर परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले हप्तामा २ दिन स्तनक्यान्सरको जाँच सेवा सुरु भएको जानकारी दिए । उनले कार्तिकदेखि पूर्णरुपमा सेवा सञ्चालनमा आउने बताए ।

विस्तृतमा...

बाँके- “हाम्रो गाउँपालिका राजमार्गमा पर्ने भएकाले यहाँ प्रायः सवारी दुर्घटना भइरहन्छन्, पहिले बिरामीलाई अस्पताल लैजानका लागि सवारीसाधन खोज्न निकै आपत् पथ्र्यो तर हाल एम्बुलेन्स सञ्चालनमा आएदेखि सवारीसाधनका लागि भौतारिनु पर्दैन, समयमा नै अस्पताल पुगिन्छ भन्ने विश्वास जागेको छ”, यो भनाइ हो बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कि मिना वलीको । मीनाले धेरैपटक राजमार्गमा भएका दुर्घटना नजिकबाट देख्नु र सुन्नुभएको छ । प्रायः रातिको समयमा दुर्घटना हुने हुँदा समयमै उपचार नपाउँदा कतिपयले ज्यान गुमाएको पनि उहाँको सम्झनामै छ । त्यसैले यहाँका स्थानीयले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालनका लागि आवाज उठाइरहेका थिए । तीमध्ये मीना पनि एक हुनुहुन्थ्यो । पछिल्लो समय  यहाँ चौबिसै घण्टा सेवा…

विस्तृतमा...

काभ्रेपलाञ्चोक– दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेंगु सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेंगी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेंगु सङ्क्रमण थपिँदै गएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा १३ स्थानीय तह छन् । पछिल्लो २४ घण्टामा बनेपा, पनौती नगर पालिका सहित रोशी गाउँपालिकामा एक/एक जनामा डेंगुसङ्क्रमण देखिएको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार सोमबार चार पुरुषमा र आइतबार एक पुरुषमा डेंगु सङ्क्रमण देखिएको छ । करिब दुई हप्तादेखि दैनिकजसो डेंगु सङ्क्रमण देखिएको हो । हालसम्म एघार स्थानीय तहमा डेंगु सङ्क्रमण फैलिएको कार्यालयको प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिए। उनका अनुसार…

विस्तृतमा...

बैतडी – मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँ गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन् । पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । उनले भने, “मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँ गाउँमा भाइरल ज्वरोको सङ्ख्या बिरामी बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।” अस्पतालका सूचना अधिकारी चन्द्र डोबालका अनुसार पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामी बढेका छन् । उपचारका…

विस्तृतमा...

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलाेपटक डेङ्गुका बिरामी देखिएका छन् । अत्याधिक ज्वरो आएपछि अस्पताल भर्ना गरिएका बालकको परिक्षण गर्दा डेङ्गु पुष्टि भएको हो । सिमकोट गाउँपालिका- ८ को खोल्सी गाउँका ११ वर्षका बालकलाई डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । उनका अनुसार बालकको स्वाव भेरिफाइ गर्न तीन पटक ल्यावमा परिक्षण गर्दा डेङ्गु पुष्टि भएको हो । डेङ्गु पुष्टि भएका बालक जिल्ला भन्दा बाहिर कतै पनि गएका थिएनन् । ज्वरो आउने र रुघाखोकी लागेपछि बालकलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । हालसम्म हुम्ला डेङ्गुबाट सुरक्षित रहँदै आएको थियो ।

विस्तृतमा...

-डा. पुरुषोत्तम अधिकारी मानिसको जीवनशैली परिवर्तन भएसँगै विभिन्न किसिमका तनाव वा चिन्ता पनि बढीरहेको हुन्छ । यसले मानसिक समस्या निम्त्याउने सम्भावना बढी हुन्छ । विशेषगरी मानसिक समस्यामा एन्जाइटी र डिप्रेशन पर्दछन् । एन्जाइटीमा मनमा डर, चिन्ता, तनाव हुने, मुटु ढुकढुक हुने, आत्तिने हुन्छ । भने, डिप्रेशनमा मन उदास हुने, निरास हुने, निन्द्रा नलाग्ने, आत्महत्या गर्नेजस्ता सोच आउने हुन्छ । एन्जाइटीमा विशेषगरी डर लाग्ने, मन आत्तिने, सासफेर्न गाह्रो हुने, छिटोछिटो सास फेरेको जस्तो हुने, मुटु ढुकढुक हुने हातखुट्टा काम्ने, घाटीमा केही अड्केको जस्तो हुने, पेट पोलेको जस्तो हुने, हात खुट्टा झमझमाउने, चक्कर लागेको जस्तो हुने जस्ता लक्षण देखिन्छन् । डिप्रेशनमा भने…

विस्तृतमा...

ढोरपाटन- बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ । स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने १८ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीमा छ । गाउँपालिकाले स्वास्थ्यचौकीसहित गाउँ–गाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिन थालेको हो । बडिगाडमा हाल एक पालिकास्तरीय आधारभूत अस्पताल, सात स्वास्थ्यचौकी, तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र र पाँच सामुदायिक स्वास्थ्य एकाइ छन् । गाउँपालिकाले १० वटै वडाका विभिन्न स्थानमा स्वास्थ्य संस्था स्थापना गरी सञ्चालन गरेपछि नागरिकलाई उपचारमा सहज भएको छ । गाउँपालिका–८ र…

विस्तृतमा...