काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा सहितको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबल मेडिकल कलेजको स्वास्थ्य टोलीले सर्लाहीको बलरामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । नागेन्द्र झाको आयोजनामा सीटीईभीटी स्कुलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ६९५ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये ८७ जनाको भिडियो एक्सरे, १०३ जनाको ईसीजी, ८७ जनाको ईको तथा ११७ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै ८४ जनालाई केएमसीमा शल्यक्रियाका लागि रेफर गरिएको छ । शल्यक्रिया गर्नुपर्नेमध्ये केएमसीमा आउनेलाई निःशुल्क तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जाँदा ५० प्रतिशत छुट हुने कार्यक्रमका प्रमुख अतिथि डा…
Aricle Tech
काठमाडौं – देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिए पछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । उनले यसअघि बागमती प्रदेशअन्र्तगत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको…
कास्की- पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/०८१ मा चार लाख ५५ हजार पाँच सय छ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्ड अधिकृत तीर्थ गौतमका अनुसार गत एक वर्षमा ओपीडीमा चार लाख छ हजार सात सय २९ र इर्मेजेन्सीमा ४८ हजार सात सय ७७ जनाले सेवा लिएका हुन् । ओपीडी सेवा लिनेमध्येमा मेडिकलतर्फ सबैभन्दा बढी छन् । मेडिकलमा एक लाख २६ हजार आठ सय ४५, हाडजोर्नीतर्फ ४८ हजार नौ सय ८४, गर्भवती जाँच ३७ हजार नौ सय ४२, बालरोग ३२ हजार दुई सय ४०, सर्जरीमा २७ हजार चार सय ७५ र प्रसूतिमा २५ हजार आठ सय…
गोरखा- गोरखाामा डेंगुबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका-११ बरथोकका ४७ वर्षीया राम प्रसाद अर्याल भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए । गत भदौ २७ गते जिल्ला अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ भएपछि उनी केही दिनको गोरखा अस्पतालमा भर्ना भएका थिए । तर, केही सुधार नआएपछि थप उपचारको लागि भरपुरको मेडिकल कलेजमा उपचारको क्रममा उनकाे सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । झण्डै दुई महिनाको अवधिमा गोरखामा ३७७ जनामा डेंगु सक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले बताए ।
गण्डकी- चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा पोखरामा मङ्गलबार आयोजित कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार हरेक महिना कम्तीमा एकपटक सेवा सञ्चालनका साथै बहिरङ्ग, अन्तरङ्ग सेवा प्रदान गर्नुपर्नेछ । त्यस अवसरमा मन्त्री पौडेलले उपलव्ध स्रोत–साधनको अधिकतम उपयोग गरी सेवा विस्तारको योजना कार्यान्वयन भएको बताउँदै सेवाका आधारमा स्वास्थ्य संस्थाको वर्गीकरण हुनुपर्नेमा जोड दिए। स्वास्थ्य बीमालाई योगदानमा आधारित बनाउनुपर्ने बताउँदै दुवै अस्पतालका…
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको बताएका छन् । नेपालमा क्यान्सरका क्षेत्रमा क्रियाशील अर्बुद रोग निवारण संस्थाको ४२औँ वार्षिकोत्सवको सोमबार यहाँ उद्घाटन गर्दै मन्त्री खड्काले पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएको भन्दै क्यान्सरलाई कम गर्न देशभर यससम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको उल्लेख गरे । क्यान्सरसम्बन्धी जनचेतना फैलाउने काममा अर्बुद रोग निवारण संस्थाले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । मन्त्री खड्काले देशभरि क्यान्सरका बिरामीको उपचारको थलो बनेको भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सञ्चालन महत्वपूर्ण कार्य रहेको भन्दै प्रशंसासमेत गरे । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान्सरका क्षेत्रमा संस्थाले गरेको योगदानको प्रशंसा गर्दै…
आइभिएफ अहिले नेपालमा सजिलै उपलब्ध भएको प्रविधि हो । निःसन्तानपन भएका दम्पतीहरूको लागि यो उचित विकल्पको रूपमा रहेको छ । विशेषगरी महिलामा नली ब्लक छ भने, हर्मोनको गढबढी भएको छ भने, र पुरुषमा सुक्रकिटको कमी हुँदा, शुक्रकिटको गती कमी हुँदा, वीर्यमा शुक्रकिट नदेखिँदा आइभिएफ प्रविधिको प्रयोग गरिन्छ । यो महिला महिनावारी भएको २/३ दिनदेखि सुरू गरिन्छ । यसमा हरेक दिन इन्जेक्सन लगाएर महिलाको पाठेघरमा अण्डाको विकास गरिन्छ । १२/१३ दिनमा अण्डा बढेपछि महिलाको शरीरबाट झिकेर श्रीमान्को वीर्यबाट शुक्रकिट निकालेर अण्डासँग मिश्रण गरेर बच्चा बन्न ल्याबमा छोडिन्छ । यसरी छोडेपछि बनेको बच्चालाई ३/५ दिनमा महिलाको पाठेघरमा रखिन्छ । वीर्य आउने नलि…
रौतहट- प्रादेशिक अस्पताल गौरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । सोअस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका छन् । अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू खरिद विवरणसँग मेल खान नसकेपछि अनुसन्धान अघि बढाएको हो । स्रोतका अनुसार, अख्तियारको टोलीले आवश्यक परिमाणका औषधि र उपकरण फेला नपरेपछि सोही अनुसार रिपोर्ट तयार गरी फर्किएका छन् । अस्पतालमा व्यापक भ्रष्टाचार र अनियमितताको आरोप स्थानीयस्तरबाट लागिरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरले गोप्य टेन्डरमार्फत औषधि उपकरण खरिद गरि व्यापक आर्थिक अनियमितता गरेका छन् । अस्पतालमा टाइल्स र…
काठमाडौँ- हुम्लाबाहेक सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको हो । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । गण्डकी प्रदेशमा सबैभन्दा बढी ४ हजार ५३९ जना सङ्क्रमित छन् भने सबैभन्दा कम कोशीका १ हजार २७ जनामा डेंगु देखिएको हो । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको…
बैतडी– बैतडीमा एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको पाटन नगरपालिका–५ वसन्तपुर कद्वाराका चार जनामा डेंगु संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए । डेंगु संक्रमण पुष्टि भएका मध्ये एकजना बाहिरबाट आएका र अरु तीन जना गाउँमै बसोबास गर्ने बुझिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । गाउँमा अरु पनि ज्वरोका बिरामी भएकाले डेंगु संक्रमितको संख्या थपिन सक्ने उनले बताए । एकै गाउँमा चार जनामा डेंगु संक्रमण पुष्टि भएपछि गाउँमै गएर चेकजाँचको काम गर्ने तयारी भइरहेको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । पाटन नगरपालिकासंग सहकार्य गरेर डेंगु प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली पठाउने तयारी…

