कैलाली- कैलालीको टीकापुरस्थित एलएन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं. १ पिपरकोटीकी ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो । टाइफाइडको उपचारका लागि मेडिकल गएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । बिरामीको मृत्यु भएसँगै सञ्चालक चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक विश्व अधिकारीले जानकारी दिए। घटना लगत्तै हिजो साँझ नै सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रमुख अधिकारीले बताए । मृतक सञ्चुरियाकी छोरी रिमा…
Aricle Tech
काठमाडौं, २९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नाक, कान, घाँटीको उपचार सेवालाई प्राथमिकतामा राख्न नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । शुक्रवारबाट राजधानीमा सुरु भएको नाक, कान, घाँटीको चिकित्सकहरुको संस्था सोसाइटी अफ ओटोल्यारिंगोलोजिस्ट अफ नेपालको नवौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै मन्त्री पौडेलले नाक, कान, घाँटीको उपचार सेवा, प्रविधिको प्रयोग र जनशक्ति व्यवस्थापनमा थप स्पष्टता आवश्यक भएको बताएका हुन् । नाक, कान, घाँटीको चिकित्सकहरुको सम्मेलनले उक्त विधाको उपचार प्रणालीमा सुधार ल्याउन आवश्यक पर्ने नीतिगत सुधारका लागि खाका पेश गर्नपनि मन्त्री पौडेलले अनुरोध गरेका छन् । सम्मेलनको कार्यक्रममा सोसाइटीका अध्यक्ष डा. दीपेन्द्र श्रेष्ठले नेपालमा नाक, कान, घाँटीको उपचार सेवा…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वदेशी औषधिको मूल्य समायोजन गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । नेपाल औषधि उत्पादन संघ (एपोन)को ३० औँ वार्षिक साधारणसभाको बिहीबार उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । स्वदेशी औषधिलाई प्रोत्साहन गर्न आफ्नो पूर्ण साथ र सहयोग हुने उल्लेख गर्दै मन्त्री पौडेलले आवश्यक छलफलका लागि आउन स्वदेशी औषधि कम्पनि सञ्चालकहरुलाई आव्हान गरे । साथै उनले स्वास्थ्य मन्त्रालय र औषधि एक अर्काका प्रतिद्वन्द्वी नभएको बताएका छन् । ‘औषधि उत्पादक र स्वास्थ्य मन्त्रालयबीच द्वन्द्व गर्नुपर्ने कुनै छैन । औषधि उत्पादक व्यवयायी र स्वास्थ्य मन्त्रालय आमुन्ने–सामुन्ने होइनन्’ उनले भने । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न…
काठमाडाैं- महिलामा सेतो पानी बग्ने समस्या हुन्छ । यसलाई सामान्यतया एउटै नामले सम्बोधन गरेपनि पानीको अवस्था अनुसार यो जटिल हुन सक्छ । स्त्री तथा निःसन्तानपन विशेषज्ञ डा. स्वस्ती शर्माका अनुसार सेतो पानी बग्नुका धेरै कारण धेरै हुन्छन् । सेतो पानी बग्ने समस्या देखाएर वा त्यो पानी जाँचेर त्यसको रिपोर्ट अनुसार औषधि सेवन गर्नुपर्ने हुन्छ । उनका अनुसार अलिअलि बग्ने तथा बेलाबेलामा पेन्टीमा पानी लागेको जस्तो देखिनुलाई सामान्य मानिन्छ । सेतो पानी बग्दा चिलाउँदैन वा दुख्दैन भने आत्तिनु पर्दैन । महिलाको गुप्ताङ्गबाट सामान्यतया सेतो पानी बगिरहेकै हुन्छ । त्यसलाई लुब्रिकेशन भनिन्छ । महिलाको गुप्ताङ्गमा ल्याक्टोब्याक्रियस भन्ने एउटा किटाणु हुन्छ । जसले…
काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । काठमाडाैंको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको आज शुभारम्भ गर्दै मन्त्री पौडेलले जलन उपचारका लागि पनि तत्काल एक लाख आर्थिक सहयोग उपलब्ध गराउने बताएका हुन् । सरकारले क्यान्सर, मृगौलालगायतका रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीका पनि त्यो व्यवस्था तत्काल गर्ने मन्त्री पौडेलको प्रतिवद्धता छ । स्वास्थ्यमन्त्री पौडेलले उपचारको अभावमा जलनमा परेकाले ज्यान गुमाउनुपर्ने अवस्था रहेकोमा सरकारले उपचारका लागि केन्द्र स्थापना गरेको बताए ।
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आजबाट जलनको उपचार सेवा सुरू भएको छ। अस्पतालमा बर्न वार्डमा २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएपछि त्यसयता उक्त सेवा वीर अस्पतालमा बन्द भएको थियो। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार आजबाट उक्त बन्द रहेको ‘जलन उपचार केन्द्र’ बाट जलनका विरामीको उपचार सेवा सुरू गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज उक्त बन्द रहेको वार्ड सहित अस्पतालमा जलनको सम्बन्धी उपचार सेवाको शुभारम्भ गरेका हुन् । उपचार सेवा शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री पौडेलले भविष्यमा छिट्टै जलनका विरामीलाई एक लाख रुपैयाँ सरकारी सहुलियत दिने तयारी भएको समेत बताएका छन्। ‘अन्य केही कडा रोगलाई उपचार सहुलियत दिए…
काठमाडौं- हालसम्म जापानिज इन्सेफलाइटिस(जेई)बाट १४ जनाको मृत्यु भएको पाइएकाे छ । यो रोगबाट कैलाली जिल्लामा ३, कपिलवस्तुमा १, पाल्पामा १, चितवनमा १, सिन्धुलीमा १ रौतहटमा १, सर्लाहीमा १, सिरहामा २, सुनसरीमा २ र झापामा १ जना गरी १४ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाको तथ्यांकले जनाएकाे छ । हालसम्म ६१ जनामा यो रोगको संक्रमण देखिएको छ । गत वर्ष यो रोगका कारण ६ जनाको मृत्यु भएको थियो भने एक सय सात जनामा संक्रमण पुष्टि भएको थियो । तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुसार जापानिज इन्सेफलाइटिसका धेरैजसो विरामी १५ वर्ष मुनीका छन्…
रुकुम–पश्चिम- यहाँको मुसिकोट नगरपालिका–१ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार नौ सय ९५ जनाले सेवा लिएका छन् । मुसिकोट नगरपालिकाभित्रका विभिन्न रोगका बिरामीलाई लक्षित गरी शिविर आयोजना गरिएको थियो। शिविर तीन दिनसम्म सञ्चालन भएको थियो । निःशुल्क स्वास्थ्य शिविरबाट अपेक्षा गरिएभन्दा धेरै व्यक्तिले सेवा लिएको आयोजक संस्था रुपान्तरण नेपालका अध्यक्ष मुकुन्द शमाले जानकारी दिए । उनका अनुसार पहिलो दिन चार सय ५७, दोस्रो दिन छ सय ५२ र तेस्रो तथा अन्तिम दिन सात सय ८५ सेवाग्राहीले सेवा लिएका हुन् । स्वयंसेवकका रुपमा खटिएका ५० र अन्य ५१ जना गरी शिविरबाट कूल एक हजार नौ सय ९५ जनाले सेवा…
गण्डकी- गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि स्क्रिनिङ गरिने बताए। उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड बजेटसमेत विनियोजन गरेको उनको भनाइ छ ।“नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएको अध्ययनले देखाएको छ”, उनले भने, “अस्वस्थकर खानपान, जीवनशैली आदिका कारण यस्ता रोगबाट धेरै मानिस आक्रान्त बनेका छन्, यसको समयमै निदान र उपचारको व्यवस्था गर्नुपर्छ ।” उनले गाउँगाउँ पुगेर नसर्ने रोगको स्क्रिनिङ गरिने बताए । स्वास्थ्यमन्त्री पाठकले उक्त कार्यक्रमले गण्डकी प्रदेशमा नसर्ने रोगको अवस्था पत्ता लाग्ने बताए…
पर्वत- डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ । अस्पताल सङ्क्रमितले भरिभराउ छ । ६० शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् । नौवटा एम्बुलेन्स थन्किए यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा…

