

काठमाडाैं- पछिल्लो समयमा धेरै दम्पतीलाई निःसन्तानपनको समस्याले सताएको छ । जसलाई बाँझोपन पनि भनिन्छ । यो समस्याको सामना गर्ने दम्पतीको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ ।
डा स्वस्ती शर्माका अनुसार प्राइमरी र सेकेण्डरी गरि निःसन्तानपनका दुई प्रकार छन् । एकचोटी पनि गर्भवती नभएका माहिलालाई हुने समस्या प्राइमोरी निःसन्तानपन हो । एकचोटी गर्भवती भएर अर्कोपटक गर्भवती हुन नसकेका माहिलालाई भएको निःसन्तानपन भने सेकेण्डरी निःसन्तानपन हो ।
र्मोनको गढबढीले गर्दा समयमा अण्डा नबन्ने, डिम्बासयमा मासु पलाउने, पानीका फोकाहरू पलाउने वा एण्डोमेट्रोसिस हुने, पाठेघरमा मासु पलाउने, धेरै पटक गर्भ खेर गएको छ भने, पाठेघरमा जालीपलाने बच्चा बस्ने ठाउँ नहुँदा लगायतका अवस्थामा देखिने समस्या प्राइमरी निःसन्तानपन हो ।
‘सेकेण्डरी निःशन्तानपन एउटा बच्चा भएपछि खानपान तथा आहार नमिलेर, हर्मोनको गडबढी भएर, समयमा अण्डा नबन्ने वा पछि गएर नली ब्लक हुने, पुरुषहरूको सुक्रकिटमा खराबी आएर पनि हुन्छ’ उनले भनिन्, ‘
हामीले जन्मजात नै अण्डाको स्टोर लिएर आएका हुन्छौँ । हामी महिनावारी भएको समयमा अण्डाहरू फुट्ने हुन्छ । जति धेर पटक महिनावारी भयो त्यति नै अण्डा फुट्ने हुन्छ । त्यसैले उमेरअनुसार निःसन्तानपन पनि बढ्दै जान्छ ।’
महिलाहरुले ३५ वर्षको उमेर सम्ममा बच्चा पाइसक्नुपर्ने उनको भनाइ छ । ३५ वर्षभन्दा माथिका महिलामा अण्डाको कमL हुने र निःसन्तानपन देखिने समस्या रहने उनले बताइन् ।
यसलाई केही हदसम्म खानपानले पनि असर गर्छ । बढी गुलियो खाँदा, बढी कार्बोहाइडेट भएको खानेकुरा खाँदा, मैदाले बनेको खानेकुरा खाँदा, जङफुडहरू खाँदा महिलाको तौल बढ्ने सम्भवना हुन्छ । यसरी तौल बढेपछि हर्मोनको गढबढीले गर्दा अण्डा समयमा नबन्ने र निःसन्तानपनको समस्या देखिने हुन्छ ।
त्यस्तो समस्या आउन नदिन जङफुट कम खाने, प्रोटीनयुक्त खानेकुरा खाने, फलफूल र तरकारीहरू बढी खाने, आलु वा कार्बोहइडेट भएको खानेकुरा कम खाने, कोल्डड्रिङस कम खाने, गुलियो कम खाने गर्नुपर्ने उनको सुझाव छ ।
यस्तै आफ्नो तौल सन्तुलित राख्ने, धेरै मोबाइल प्रयोग नगर्ने, प्रशस्त निन्द्रा पुग्ने गरी सुत्ने, सकेसम्म तनाव कम लिने लगायतका कार्य गर्नुपर्ने पनि उनले सुझाव दिइन् । यो कार्यले पनि समस्या समाधान भएन भने डाक्टरको सल्लाह लिनुपर्ने उनले बताइन् ।
‘नलीहरु पुरै ब्लक छ भने टेस्ट्युव बेबीमा जानुपर्छ । हर्मोनको गडबढी हुन नदिन सन्तुलित खाना सन्तुलित आहार गर्ने, आवश्यक व्यायम गर्ने, डाक्टरको सल्लाह लिने वा सल्लाह अनुसार अण्डा बन्ने औषधि खाने, पाठेघरमा मासु पलाएको छ भने मासु निकालेर फाल्ने, डिम्बाशयमा मासु पलाएको छ वा सिसहरू छन् पानीका फोका, रगतका चोक्टा छन् भने त्यसलाई अप्रेशन गरेर वा हटाएर पनि यसको समाधान गर्न सकिन्छ’ उनले थपिन् ।
हर्मोनको गडबढीमध्ये अहिले थाइराइडको गडबढी धेरै देखिएको उनको भनाइ छ । यसले पनि निःसन्तानपनको समस्या निम्त्याउँछ । यसले बच्चा नबस्ने, बच्चा बसेपनि खेर जाने, बच्चा खेर नगई जन्मिहाले पनि बच्चाको मन्द विकास हुने जस्ता समस्या हुन्छ ।
थाइराइट भएका बिरामीले थाइराइटको औषधि खानुपर्ने डा शर्माले बताइन् । ‘कतिपयले थइराइटको औषधिले बच्चालाइ असर गर्छ भनेर औषधि खान डराउनु हुन्छ । तर, डराउनु पर्दैन’ उनले भनिन् ।


