Aricle Tech

काठमाडौँ : काठमाडौँकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो । विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि सेवन गर्दा पनि पीडाले पछ्याउन छाडेन । जति उपचार गर्दा पनि समस्या ज्यूँका त्यूँ भएपछि उनले आफन्तको सल्लाहमा सडकमा बिक्रीका लागि राखिएका जडीबुटीको सेवन सुरु गरिन् । जडीबुटी सेवनपछि उनको दुखाइ अझ बढ्यो । जडीबुटी सेवन गरेको छ महिनापछि जीउ सुन्निने, पेट दुख्ने, दिसामा कालो देखिने समस्या थपियो । अस्पतालमा चेकजाँच गराउँदा आन्द्रामा घाउ भएर अल्सर भइसकेको पत्ता लाग्यो। चिकित्सकले उनलाई जथाभावी औषधिको प्रयोगले शरीरको हार्मोन असन्तुलन बनाउँदा उक्त समस्या देखिएको बताएका थिए । औषधिको असन्तुलित सेवनले सुगर र प्रेसरसमेत…

विस्तृतमा...

काठमाडौं : गायिका मेनुका पौडेलको आँखा तिलगंगा अस्पतालमा शल्यक्रिया गरिएको छ । अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा श्रेष्ठलगायतको समूहले मेनुकाको आँखा शल्यक्रिया गरी कृत्रिम आँखा राखेका हुन् । डा. सन्दुक रुइतका अनुसार शल्यक्रिया पश्चात् मेनुकालाई बिना चश्मा सहज र सहज हुनेछ । तर, ‘कस्मेटिक प्रोथेस्टिक’ राखिए पनि मेनुकाको दृष्टि भने फिर्ता आउने छैन । यदि अझै राम्रो खालको प्रविधि आयो भने यो सम्भावन भएपनि तत्कालका लागि भने यो मौका नभएको सन्दुकले बताएका छन् ।

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो सोही उद्देश्यअनुसार त्यसको सदुपयोग गर्न आग्रह गरेका छन् । ‘केही चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीले जुन उद्देश्यका लागि बिदा लिएका हुन् सोही अनुसार बिदा उपयोग नगरी निजी स्वास्थ्य संस्थामा, विदेशी स्वास्थ्य संस्था एवं गैरसरकारी सङ्घ संस्थामा गई कार्य गरेको जानकारी प्राप्त हुन आएकाले त्यस्ता कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण…

विस्तृतमा...

काठमाडाैं : सरकारले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरू गरेको छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार…

विस्तृतमा...

काठमाडौं : नेपाल नर्सिङ परिषद्ले वर्ष २०८१ का निम्ति नाम दर्ता (लाइसेन्स) परीक्षा तालिका सार्वजनिक गरेको छ । वार्षिक तालिकाअनुसार पीसीएल र बीएस्सी नर्सिङको परीक्षा असार १५, कात्र्तिक १० र फागुन १० मा हुनेछ ।  यस्तै, विशेषज्ञ नर्सिङ र बीएमएसको परीक्षा असार १८ गते हुनेछ । विशेषज्ञ र बीएमसको सैद्धान्तिक परीक्षा कम्प्युटर प्रणालीबाट हुने तथा बीएमसएसको प्रयोगात्मक परीक्षा मिति प्रवेशपत्रमा तोकिने परिषद्ले जनाएको छ ।

विस्तृतमा...

काठमाडौं : प्रभु बैंक लिमिटेड र स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ । अब प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित रहेको उक्त हेल्थ केयरमा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ्य सेवाहरूमा विशेष छुट पाउने छन् । स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा.अमृश थापा र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने…

विस्तृतमा...

बाँके : अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ  । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम बढेको हो। तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको हो ।तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने,…

विस्तृतमा...

भक्तपुरः स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन् । बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सृजनशील समाजले शुक्रबारदेखि सुरु गरेको विद्यालयमा सचेतना अभियानमा उनले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताए । सुर्तीमा निकोटिन, टारलगायतका ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उनले बताए । महासचिव दुवालले सुर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका बालबालिकालाई सुर्ती बेच्न बन्देज लगाएको, विद्यालयको सय मिटर वरपरसम्म सुर्ती बेचबिखन र सेवन गर्न प्रतिबन्ध लगाएको हुँदा राज्यका निर्देशन उल्लङ्घन भएमा…

विस्तृतमा...

कर्णाली : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलोपटक सम्पन्न अन्तर्राष्ट्रियस्तरको ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी सम्मेलन’ले जुम्ला घोषणापत्र जारी गरेको छ । प्रतिष्ठान र म्यासाचुसेट्स जनरल हस्पिटल अमेरिका, स्थानीय तथा ग्लोबल इनिसियटिभ्स फर मेन्टल हेल्थ इक्विटी (एलजीआइएमएफ) कार्यक्रमअन्तर्गत ‘सबैका लागि मानसिक स्वास्थ्यमा नवप्रवर्तन र सहकार्य’ विषयमा सिएमसी, हेल्थ फाउण्डेसन, मेन्टल हेल्थ संस्था र हेल्थ कोप्र्स नेपालको सहकार्यमा यही वैशाख २२ देखि २३ गतेसम्म सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनले ‘जुम्ला घोषणापत्र’ जारी गरेको हो । सम्मेलनले विशेषगरी मुलुकमा विशाल समस्याका रुपमा देखिएको सामुदायिक मानसिक स्वास्थ्यको अन्तराल र समस्याको पहिचान गरी त्यसको सम्बोधन तथा मानसिक रोग विशेषज्ञ र सेवाको उपलब्धता लागि नवप्रवर्तन र सहकार्य आवश्यक भएको…

विस्तृतमा...

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकारबिच भएको सम्झौताको कार्यान्वयन गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा यसअघि भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिन एवम् आमरण अनसनमा बसेका दीपक भण्डारीलगायतका व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन नेपाल सरकारलाई आग्रह गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि कानुनमा उल्लेख भएबमोजिम सामुदायिक सहायता सेवा तथा व्यक्तिगत सहयोगी सेवासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न माग गर्दै दीपक भण्डारीलगायतका व्यक्तिहरु विगत सात दिनदेखि अनसनमा रहेको र यसबाट उनीहरुको स्वास्थ्य अवस्थामा पर्न सक्ने जोखिमप्रति आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले अनसनरत व्यक्तिहरुको…

विस्तृतमा...