

काठमाडौं : सरकारले स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारको लागि आवेदन माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले उक्त आवेदन माग गरेको हो । मे ३१ मा मनाइने विश्व धुम्रपानरहित दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरिने कर कोषको सचिवालयले जनाएको छ ।
उक्त पुरस्कार लागि व्यक्ति तथा संस्थासँग आवेदन माग गरेको छ । सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संघसंस्थालाई उक्त पुरस्कार दिन लागिएको हो ।



