

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका – १, बिरुवामा रहेको कुलमाया भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क मुख तथा दन्त परीक्षण गरिएको छ ।
‘गिभ अ स्माइल’ प्रोजेक्ट अन्तर्गत कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) को प्राविधिक सहयोगमा बीएम फाउण्डेसनले उनीहरुको मुख तथा दन्त परीक्षण गरेको हो । उक्त प्रोजेक्टका लागि फाउन्डेशनले रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ र रोटरी क्लब अफ काठमाडौँ नर्थसँग सहकार्य गरेको छ ।
गिभ अ स्माइल प्रोजेक्टले काठमाडौँ उपत्यकामा १ लाख विद्यार्थीको मुख तथा दन्त परीक्षण गर्ने लक्ष्य लिएको छ । प्रोजेक्ट अन्तर्गत अहिलेसम्म ३० हजार बढी विद्यार्थीको परीक्षण भईसकेको फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए । उनका अनुसार शिविरमा परीक्षणका साथै विद्यार्थी र शिक्षकहरुलाई मुख तथा दन्त स्वास्थ्यबारे जानकारी समेत दिइएको छ ।
सोही अवसरमा रोटरी क्लब अफ काठमाडौँ नर्थले जिम्मा लिएका २० जना विद्यार्थीलाई एक वर्ष सम्मका लागि पुग्ने शैक्षिक सामग्री र स्कुल व्याग वितरण गरिएको थियो । साथै २६० जना विद्यार्थीलाई टुथपेष्ट र टुथ ब्रस बाडिएको थियो ।
‘
सोही अवसरमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तिय साक्षरता बारेमा प्रशिक्षण समेत दिइएको थियो ।
गत अक्टोबरबाट सुरु भएको गिभ अ स्माइल प्रोजेक्ट अन्तर्गत अहिलेसम्म काठमाडौँ उपत्यकाका ८० वटा बढी विद्यालयका ३० हजार बढी विद्यार्थीको निःशुल्क मुख तथा दन्त स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ ।


