काठमाडौं : नेपाल सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत १ हजार नर्सले रोजगार पाएका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाका अनुसार सो कार्यक्रमबाट १ हजार नर्सले रोजगार प्राप्त गरेका हुन् ।

उनका अनुसार उक्त कार्यक्रममा १ हजार बढी सरकारी विद्यालयमा एक नर्स राखिएकाे छ । संघीय मन्त्रालयको बजेटबाट २ सय २७ स्थानका विद्यालयमा नर्स राखिएको उनले बताइन् ।
विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रवर्द्र्धन गर्न र सिकाईमैत्री वातावरण बनाउन सबै विद्यालयमा एक नर्स राख्न आवश्यक रहेको उनले बताइन् ।
Last Modified Date: २०८१ जेष्ठ २, बुधबार







