

काठमाडौं : सरकारले नेपाललाई औषधिमा आत्मनिर्भर हुने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारो आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
‘औषधि लगायतका अत्यावश्यक वस्तुमा आत्मनिर्भर हुने गरी उद्योगको क्षमता अभिवृद्धि गर्नका साथै निजी क्षेत्रलाई प्रोत्साहित गरिने छ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने।



