

काठमाडाैं : आफूलाई उच्च रक्तचाप भएको समयमै थाहा पाउन नसके त्यसको नकारात्मक अनेकौँ असर देखिन थाल्छन् । त्यसैले उच्च रक्तचापका लक्षणबारे थाहा पाउन आवश्यक छ । स्वास्थ्यमा केही समस्या नभए पनि बढ्दो उमेरसँगै आफ्नो रक्तचाप वेलावेलामा जाँच गराइरहनु पर्छ ।
जीवनशैली, तनावजस्ता कारणले कम उमेरमै उच्च रक्तचापको समस्या देखिन थालेको छ । समयमै उच्च रक्तचापको रोकथाम र उपचार गरिएन भने यसले जटिल समस्या सिर्जना गर्न सक्छ । त्यसकारण यसका लक्षण र उपायबारे थाहा पाउनु आवश्यक छ ।
हाम्रो शरीरमा रगत बहने रक्तनलीहरुमा रगतको चाप सामान्यभन्दा (१४०/९० mmHg भन्दा बढी हुनु) हुनुलाई उच्च रक्तचापको समस्या भनेर भन्ने गरिन्छ । यसबारे थाहा पाउने एउटै तरिका भनेको नियमित रुपमा रक्तचाप जाँच गराउनु हो ।
रक्तचाप नियन्त्रण नगरे यस्ता समस्या
– हृदयघात र मस्तिष्कघात
– मृगौलाले काम नगर्ने
– दृष्टि कमजोर हुँदै दृष्टिविहीन हुनसक्ने
कसरी नियन्त्रणा गर्ने ?
– शरीरअनुसारको उपयुक्त तौल कायम गर्ने
– शारीरिक रुपमा सक्रिय रहने
– लामो समय एकै ठाउँमा नबस्ने, हिँड्डुल गर्ने
– नियमित रुपमा विभिन्न प्रकारका तरकारी र फलफूल खाने
– खानामा उचित मात्रामा मात्र नुन खाने‚ धेरै नुनिलो नखाने
– चिल्लो पदार्थयुक्त खाना सकेसम्म थोरै खाने
– सुर्तीजन्य पदार्थको सेवन नगर्ने
– स्वास्थ्यकर्मीको सल्लाहअनुसार काम गर्ने
– स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने


