

काठमाडौं : प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको सफल सल्यक्रिया गर्ने ४ जना ह्याण्ड सर्जनहरुलाई सम्मान गरेको छ ।
ब्रेकेल प्लेक्सेस इञ्जुरी अर्थात १ सय वटा सफल सल्यक्रिया गरेको भन्दै एक कार्यक्रमका बिच डा. किरण किशोर नकर्मी, डा.लोकराज चौरसिया, पुष्कर पुडासैनी र प्रवेश सिंह भण्डारीलाई सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दै नेपालकै पहिलो ह्यण्ड सर्जन डा.किरण किशोर नकर्मीले हातको समस्यामा जटिल मानिने ब्रेकेल प्लेक्सेस इञ्जुरीको उपचारका लागि विगतमा भारत लगायत अन्य देशहरुमा जानुपर्ने वाध्यता रहेकामो अहिले नेपालमै राम्रो उपचार भइरहेको बताए ।