

काठमाडौँ : विश्व स्वास्थ्य संस्था (डब्लूएचओ)को ७७ औं महासभामा भाग लिन स्वास्थ्यमन्त्री प्रदीप यादव आगामी शनिबार स्वीजरल्याण्डको जेनेभा जान लागेका छन् । मन्त्री यादवसँगै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्रा, समन्वय महाशाखा प्रमुख डा. चुमन लाल र मन्त्रीका निजी सल्लाहकार अवधेशकुमार दासको टोलीलाई लिएर मन्त्री यादव जेनेभा उड्न लागेका हुन् ।
मन्त्री यादव र महानिर्देशक डा संगीता मिश्रा सरकारको खर्चमा जाँदै छन् भने चुमनलाल दास र अवधेशकुमार दास भने आइएनजिओकाे रकममा जाने भएका हुन् ।
जेठ १४ देखि १९ सम्म ( २७ मे देखि जुन १) सम्म जेनेभामा डब्लूएचओको महासभा हुँदैछ।