काठमाडौं : नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनाेमसिक्वेन्सिङ कोभिड-१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि भएको हो।
राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको काेभिड-१९ काे ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ नेपालमा पुष्टि भएको छ।
हालै गरिएको ४२ कोभिड पाेजेटिभ केसकाे जिनाेमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
तर, ‘केपी’प्रजातिको भेरियन्ट भने घातक नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् । उनले नयाँ भेरियन्टकाे प्रभाव खासै नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएकाे बताए ।