Aricle Tech

रुकुमपश्चिम : रुकुमपश्चिमको आठविसकोट नगरपालिका भित्रका विद्यालयहरू बन्द गरिएको छ । केही दिन यता विद्यार्थीहरू एक्कासि बेहास हुने, छट्पटाउने लक्षण देखापरेपछि नगरपालिकाले सबै सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहका अनुसार असार ५ देखि ९ गतेसम्मका लागि पठनपाठन स्थगन गर्ने निर्णय भएको हो । अत्यधिक गर्मीको कारण विद्यार्थीहरू बिरामी भएको विद्यालयले जानकारी दिएका छन् । नगरपालिकाका शिक्षा अधिकृत इन्द्र बहादुर विष्टका अनुसार केही दिन यता वडा नम्बर १० मा रहेको जनता माध्यमिक विद्यालय झिन्चौरका ८–१० जना विद्यार्थीहरूमा विद्यालयमै एक्कासि बेहोस हुने, छट्पटाउने समस्या देखिएको थियो । त्यसैगरी वडा नम्बर ११ मा…

विस्तृतमा...

गलकोट : बागलुङको धौलागिरि अस्पतालमा एसइई पछिको तीन वर्षे नर्सिङ पढाइ हुने भएको छ । गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा आगमी आर्थिक वर्षदेखि गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी तीन वर्षे (मिडवाईफ) नर्सिङ कोर्षको पढाइ हुनेगरी आवश्यक बजेट विनियोजन गरिएको जनाएको छ । प्रदेश मातहतका अस्पताल तथा वर्थिङ सेन्टरमा तालिम प्राप्त मिडवाईफमार्फत सेवा प्रवाहको सुनिश्चतताका लागि आगामी आवदेखि प्रविणता प्रमाणपत्र तहको ‘मिडवाईफरी शैक्षिक कार्यक्रम’ धौलागिरि अस्पतालमा अध्यापन सुरु गरिने अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए । उक्त अस्पतलमा प्रदेश सरकारले स्वास्थ्य सेवाका लागि ठूलो लगानी गरिरहेको छ । दुई सय शय्यामा स्तरोन्नतिको चरणमा रहेको अस्पतालमा प्रदेश सरकारले हालै…

विस्तृतमा...

बैतडी : बैतडीमा गत फागुनदेखि सार्वजनिकस्थलमा धूम्रपान गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला प्रहरी कार्यालय बैतडीले यो अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ ।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता खेमविक्रम केसीले सचेतना अभिवृद्धि र कारबाही प्रक्रियालाई सँगसँगै अगाडि बढाइएको बताए । उनले गत फागुन ११ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा धूम्रपान गर्ने २५ जनालाई कारबाही गरिएको जानकारी दिए । उनीहरूबाट जनही रु एक सय जरिवानासमेत गरिएको उनले बताए । गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालगायत सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधिसहितको बैठकले सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेअनुसार अभियान अगाडि…

विस्तृतमा...

काठमाडौं स् डा. गोविन्द केसीले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन गर्न आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए असार १४ गतेदेखि अनसन सुरु गर्ने चेतावनी दिएका हुन् । उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै आएका केसीले त्यसमा पुनरावलोकन आवश्यक रहेको बताएका छन् । ‘चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैछ भन्ने जानकारीमा आएकाले आयोगका सबै सदस्य महानुभावहरूलाई चिकित्सा शिक्षा ऐनको रक्षार्थ न्यायिक पुनरावलोकन प्रक्रिया तत्काल शुरू गर्ने निर्णय गर्नु हुन हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ। झापाको विर्तामोडस्थित बीएण्डसी…

विस्तृतमा...

धनगढी : मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल) लाई ध्यानाकर्षण पत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको जिम्मेवारी विषय विज्ञलाई नदिइएको प्रति आपत्ति जनाउँदै मेलानले ध्यानाकर्षण पत्र बुझाएको हो । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुदूरपश्चिम प्रदेश स्वीकृत दरबन्दी विपरित समूह तथा उपसमूह नमिल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृतलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकमा जिम्मेवारी दिएको छ । त्यस निर्णय प्रति मेलानको गम्भीर ध्यानाकर्षण सहित उक्त ध्यानाकर्षण पत्र बुझाइएको मेलान सुदूरपश्चिम प्रदेशका सचिव माधव प्रसाद जोशीले बताए । ‘कोरोना महामारीका बखत सोको…

विस्तृतमा...

काठमाडौं : विश्वभर बर्डफ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ । अहिले यो रोग गाईमा पनि पुगेको छ । भारतमा पनि यसका केसहरु बाहिर आइरहेका छन् । अब रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का पूर्व निर्देशक रोबर्ट रेडफिल्डले अर्को महामारी बर्ड फ्लुबाट आउन सक्ने दाबी गरेका छन् । बेलायतको मिडिया हाउस इन्डिपेन्डेन्टका अनुसार एक टीभी च्यानललाई दिएको अन्तर्वार्तामा रोबर्ट रेडफिल्डले कोरोनाभन्दा बर्ड फ्लुको मृत्युदर बढी रहेको बताए । उनले कोरोनामा मृत्युदर ०‍६ प्रतिशत रहेको बताए भने यो दर २५ देखि ५० प्रतिशत रहेको बताए । चिकित्सकका अनुसार बर्ड…

विस्तृतमा...

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमवार निधन भएको छ । गत माघ १० गते ब्रेन ह्यामरेज भई उनी बिरामी भएका थिए । कांग्रेसबाट उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष बनेका उनको सोमबार निधन भएको कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए । गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ । ४ महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै थिए ।

विस्तृतमा...

बुटवल : रुपन्देहीमा एक हजार ७ सय जनामा एचआईभी एड्सको संक्रमण फेला परेको छ । एचआईभी एड्सको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था एनएपीएनका प्रदेश संयोजक अर्जुन ज्ञवालीले पछिल्लो तथ्यांकअनुसार १५ सय जनाले लुम्बिनी प्रादेशिक अस्पताल र २ सय जनाले भीम अस्पताल भैरहवाबाट निशुल्क एआरभी औषधिसहित उपचार सेवा लिइरहेको जानकारी दिए । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार २०२२ को अन्त्यसम्मको तथ्यांक अनुसार नेपालमा करिब ३० हजार मानिसहरूमा एचआईभी संक्रमण देखिएको थियो । हरेक वर्ष करिब एक हजार नयाँ एचआईभी संक्रमित थपिने र बर्सेनि करिब ८ सयभन्दा बढीको मृत्यु हुने अनुमान छ । जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले एआरभी औषधि नियमित…

विस्तृतमा...

काठमाडौं : देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म सो जिल्लामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । हालसम्म सबैभन्दा बढी बाग्मती प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या धेरै देखिएको छ । बाग्मती प्रदेशमा मात्रै हालसम्म ४ सय ३ जना संक्रमित भएका छन् । त्यस्तै, दोस्रोमा कोशी प्रदेशमा २ सय ७७ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा १ सय ८७ जना र लुम्बिनी प्रदेशमा १ सय ३९ जना संक्रमित भएको रिपोर्ट सार्वजनिक भएको छ । त्यस्तै, मधेस प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा संक्रमितको संख्या १७ जना…

विस्तृतमा...

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स हुन तर उनी स्वास्थ्य संस्था नगई शिक्षकजस्तै नियमित विद्यालय जान्छिन् । सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रमअन्तर्गत उहाँ सोही वडामा रहेको कान्ति राज्यलक्ष्मी माविमा कार्यरत छिन । यहाँ विद्यार्थीको नियमित स्वास्थ्य जाँचसँगै प्राथमिक उपचार गरेर उनको दैनिकी बित्छ । यसका साथै उनले विद्यार्थीलाई व्यक्तिगत तथा वातावरण सरसफाई, किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन शिक्षा, लागुपदार्थ दुव्र्यसनीलगायत विषयमा जानकारी तथा परामर्शसमेत दिने गरेकी छन् । सङ्घीय सरकारले महत्वका साथ सुरूआत गरेको उक्त कार्यक्रमअन्तर्गत उनले २०७९ भदौदेखि उनले यस्तै सेवा दिइरहेकी छन् । खड्काले सुरूमा पालीकामा रहेका धेरै…

विस्तृतमा...