पोखरा : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको क्यान्टिनमा म्याद गुज्रेका र अखाद्यवस्तु बिक्री गरेको पाइएको छ। उपभोक्ताले म्याद गुज्रेको बिस्कुट बिक्री गरेको सूचना दिएपछि जिल्ला अनुगमन समितिले आइतबार अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्यवस्तु बिक्री गरेको पाइएको बजार अनुगमन समितिका संयोजक रहेका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । खाद्य र अखाद्यवस्तु एकै ठाउँमा राखेर बिक्री गरेको भेटिएको छ । क्यान्टिनबाट खाद्यवस्तुमा प्रतिबन्धित रसायन ज्योती हाइड्रो केमिकल फेला परेको छ । रसायन परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको छ । क्यान्टिनमा सरसफाई नगरेको र मूल्यसूची पनि राखिएको छैन । अनुगमन टोलीले क्यान्टिन सञ्चालक कुमारी…
Aricle Tech
काठमाडौं : तनहुँमा जंगली च्याउ खाँदा पाँचजना बिरामी भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका डिलबहादुर गुरुङले नजिकैको जंगलबाट ल्याएको च्याउ खान दिँदा परिवारका सदस्य तथा छिमेकी बिरामी परेको प्रहरीले जनाएको छ । बिरामीमध्ये ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीया पम्फी गुरुङको उपचार तनहुँको आबुखैरेनी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारीले दिए । यस्तै ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङको उपचार नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा भइरहेको छ। घर नजिकैको जंगलमा गएर ल्याएको च्याउ खाँदा आइतबार उनीहरू बिरामी भएका हुन् ।
डडेल्धुरा : डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन् । जिल्लाको परशुराम नगरपालिका–४ कटालका २१ जना एकसाथ बिरामी परेका हुन् । बिहीबार गाउँमा रोपाइँ गर्न गएका १२ महिला र ९ पुरुष त्यहीँ खाना खाएर बिरामी परेको जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीले बताएका छानबिन । उनीहरू सबैजसोलाई झाडापखाला र वान्ता हुने समस्या देखा परेको उनले बताए । उनका अनुसार विरामी भएपछि हिजो(शुक्रबार) उनीहरू अस्पताल पुगेका थिए । अस्पताल आएका मध्ये ३ जना निको भएर गएको र १२ जनाको उपचार गराइरहेका छन् । यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको सूचना अधिकारी धामीले जानकारी दिए…
काठमाडौं : डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए । उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए । “गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, उनले भने। उनका अनुसार ७१…
काठमाडाै : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गको निःशुल्क उपचार गरेको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । विपन्न, असहाय, बेवारिसे बिरामीलाई निःशुल्क उपचार गरेको विवरण सार्वजनिक गर्न मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको हो । स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने लक्षित वर्गका लागि कुल १० प्रतिशत शैया छुट्याएर अनिवार्य निःशुल्क उपचार गराउनुपर्ने प्रावधान रहेको स्मरण गराउँदै मन्त्रालयले सो व्यवस्था अनिवार्य लागू गर्न पनि भनेको छ । मन्त्रालयले सबै सरकारी, निजी तथा सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई यसबारे परिपत्र गर्दै निःशुल्क सेवा लिएका बिरामीहरुको अभिलेख व्यवस्थित राख्न सुसूचित गराएको छ ।…
मकवानपुर : बागमती प्रदेश सरकारले स्वास्थ्य नीति २०८१ स्वीकृत गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना (आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/०८६) स्वीकृत गर्ने, मकवानपुरमा प्रदेश अस्पताल स्थापना गर्ने, आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको ‘लेबल डिजाइन’ स्वीकृत निर्णय गरेको छ ।
चितवन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन गरिने बताए । अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या नहुने भन्दै मन्त्री यादवले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्त्यन्तै पठाउने बताए । मन्त्री यादवले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने बताए। ‘स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छौं । कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र…
काठमाडौं : जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मी कायम रहने जनाएकाे छ । ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको तथा यो क्रम केही दिन जारी रहने सम्भावना रहेको…
काठमाडाैं- बागमती प्रदेश सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने गरी अध्ययन गर्ने निर्णय गरेको हो । पछिल्लो समय हेटौँडा अस्पताल र प्रतिष्ठानबिच स्वामित्व विवाद चर्किँदै जाँदा प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माणको अध्ययन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार मकवानपुरको हेटौँडा, बकैया वा मनहरी सहितका विभिन्न स्थानीय तहमा अस्पताल स्थापनाको लागि अध्ययन गरिने छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार प्रादेशिक अस्पतालको रूपमा रहेको हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहने र मकवानपुरमा प्रादेशिक अस्पताल नरहेकाले…
अछाम: अछामकाे एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको छ । जिल्लाको कमलबजार नगरपालिकाकाे एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको हो । उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेको छ । कमलबजार नगरपालिका वडा नम्बर -९ मस्टाबण्डाली मा रहेको स्वास्थ्य चौकीमा औषधी राख्ने फ्रिज भित्र ३ वटा बियरका बोतल राखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका हुन् । अनुगमनका क्रममा फ्रिज भित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका हुन । बिरामीका लागि…

