
रुकुमपश्चिम : रुकुमपश्चिमको आठविसकोट नगरपालिका भित्रका विद्यालयहरू बन्द गरिएको छ । केही दिन यता विद्यार्थीहरू एक्कासि बेहास हुने, छट्पटाउने लक्षण देखापरेपछि नगरपालिकाले सबै सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहका अनुसार असार ५ देखि ९ गतेसम्मका लागि पठनपाठन स्थगन गर्ने निर्णय भएको हो ।
अत्यधिक गर्मीको कारण विद्यार्थीहरू बिरामी भएको विद्यालयले जानकारी दिएका छन् । नगरपालिकाका शिक्षा अधिकृत इन्द्र बहादुर विष्टका अनुसार केही दिन यता वडा नम्बर १० मा रहेको जनता माध्यमिक विद्यालय झिन्चौरका ८–१० जना विद्यार्थीहरूमा विद्यालयमै एक्कासि बेहोस हुने, छट्पटाउने समस्या देखिएको थियो । त्यसैगरी वडा नम्बर ११ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू समेत बिरामी हुन थालेका थिए ।