Aricle Tech

काठमाडौं : नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकी छन् । नागरिकहरु आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यनाकर्षण गराइन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ओपीडी काउण्टर बढाएर भए पनि बिरामीहरुलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गरिन् । उनले बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरिन् । उनले स्वास्थ्य बीमा गरेका नागरिकहरुले अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिने भन्दै सो व्यवहार अन्त्य गर्न आग्रह गरिन् । उनले सरकारी अस्पतालहरुका लाइन…

विस्तृतमा...

काठमाडौँ : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगन्ज, रुपन्देहीको सिद्धार्थनगर, कैलालीको धनगढी र मोरङको विराटनगरमा तातो हावाको लहर ‘लू’ प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत समुदायका लूबाट बच्ने उपाय र सार्वजनिक स्थानमा खानेपानी वितरण गरिरहेको छ । गर्मी याममा असामान्य रूपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ । बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने जनाइएको छ । साथै छाला…

विस्तृतमा...

काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उहाँले सो कुरा बताउएका हुन् । ‘‘स्वास्थ्य मन्त्रालयमा कम्तीमा पनि १० प्रतिशत बजेट हुनुपर्छ भन्ने हो । तर ४.६४ प्रतिशत जुन बजेट राखिएको छ । अत्यन्त न्यून हो । भूतपूर्व स्वास्थ्य मन्त्री भएकाले दुःख व्यक्त गर्छु । सरकारी स्वास्थ्य संस्थाहरू करिब आठ हजार रहेका छन् । २०५५ सालदेखि २०८० सालसम्म २५ वर्ष भयो…

विस्तृतमा...

चितवन : कारागार कार्यालय चितवनका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ । कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फैलिएको छ । उनले भने, “अहिले यो समस्या दुई सयभन्दा बढी कैदीबन्दीमा देखिएको छ ।” साँघुरो ठाउँमा बस्दा पसिना आउने र सुक्ने भएकाले यो समस्या देखिएको उनले बताए । कारागारका ६० जनाभन्दा बढी कैदीबन्दीमा ज्वरो र २० जनामा झाडापखालाको समस्या देखिएको छ । “गर्मीले कमजोरी महसुस गर्ने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा छ”, उनले भने । उपचार गर्ने बजेट थोरै हुँदा कारागारमै उपचार भइरहेको उनले जानकारी दिए । अस्पताल लगेर भर्ना गर्नुपर्ने अवस्था…

विस्तृतमा...

काठमाडौँ : काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने भएको छ । यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बिच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । यद्यपि तापक्रम उच्च नै रहने छ । मनसुन भित्रन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ । आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन…

विस्तृतमा...

बागलुङ : जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । यसअघि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको जिल्ला अस्पतालमा रूपान्तरण गर्ने योजनाअनुसार भौतिक पूर्वाधार निर्माण गरिएको भए पनि त्यो पूरा भएको थिएन । तत्कालीन बागलुङ जिल्ला अस्पताल खारेज भएर बागलुङ बजारमा धौलागिरि अस्पताल बनेपछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउन भवन निर्माण गरिएको थियो । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेर मङ्गलबार गण्डकी…

विस्तृतमा...

पाल्पा : पाल्पाको तानसेन नगरपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैयालाई पक्राउ परेका हुन् । उनी तानसेन नगरपालिका–१४, अर्गलीस्थित स्थानीय स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । पचभैयालाई गत शनिबार बालिकालाई बलात्कार गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

विस्तृतमा...

काठमाडौं : मंगलबार अपराह्न नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो । नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ । त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुग्दा काठमाडौँको अधिकतम तापक्रम भने ३१ डिग्री सिल्सियस मात्र थियो । तर तराईभन्दा बढी अत्तालिएका देखिन्छन् राजधानीवासी । गर्मीको तात्तातो चर्चा काठमाडौँमै बढी देखिन्छ । ‘उफ् गर्मी पनि कति साह्रै बढेको ? पहिलेपहिले त यस्तो उल्का गर्मीको महसुसै भएको थिएन’ काठमाडौँ उपत्यकाका नागरिकको वार्तालापको पहिलो बाक्य अहिले यही हुने गरेको छ ।ललितपुरस्थित गोदावारी नगरपालिकाकी राधा घिमिरेले भनिन्, “गर्मी पनि कति साह्रै बढेको हो ? यसो बाहिरै नै निस्कन सकिँदैन । घरमा मात्रै बस्दाबस्दा अत्यास नै लाग्ने…

विस्तृतमा...

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले तातो हावा अर्थात् ‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह गरेका छन् । पछिल्लो केही दिनदेखि देशभर तातो हावाका कारण जनजीवन प्रभावित हुँदै गएकाले उनले यस्तो आग्रह गरेका हुन् । डा.अधिकारीका अनुसार तातो हावा वा ‘लु’ का कारण मुटुको धड्कन बेस्सरी बढ्ने, रक्तचाप कम हुने, टाउको बेस्सरी दुख्ने, रिङ्गटा लाग्ने, ज्वरो आउने, बेहोस हुने जस्ता लक्षण देखिन्छन् । बेवास्ता गरेमा ज्यानैसमेत जान सक्ने हुँदा कसैलाई यस्तो लक्षण देखिएमा मद्दत गर्न उनका सुझाव छ । ‘लु’ लगेका व्यक्तिलाई शीतल ठाउँमा लैजाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिने,…

विस्तृतमा...

झापा : कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन बिक ऋण तिरेर परिवारलाई सुखले पाल्ने सपना साँचेर वैदेशिक रोजगारीमा जाने तरखरमा थिए । २०७८ भदौ ७ गते राति भएको भयानक घटनाले उनको सपना मात्रै टुङ्गिएन, सुन्दर परिवार नै सखाप भयो । भोलिपल्ट विहान छिमेकीले रबिन र उनकी २९ वर्षीया पत्नी मीना बिक र आठ महिने छोरी सबिना बिकलाई घरभित्रै पासो लागेर मृत्यु भएको दर्दनाक अवस्थामा भेटाए । उक्त घटनाको एक वर्ष नबित्दै झापाको कचनकबल गाउँपालिका–५ पाठामारीमा एउटै टोलका तीन किशोरीले सामूहिक आत्महत्या गरे । २०७९ साउन ८ गतेको घटना थियो । घर नजिकैको सुनकोशी चिया बगानमा मजदूरी गर्ने १६ वर्षीया करिना…

विस्तृतमा...