Aricle Tech

कैलाली : धनगढी नाेभा हस्पिटलकाे लापरवाही गरेका कारण कञ्चनपुरकाे बेलाैरीका १७ वर्षीय नसिब चाैधरीकाे मृत्युु भएपछि तनावको अवस्था सृजना भएको छ । जन्डिसकाे समस्या लिएर ७ साउनमा नाेभा हस्पिटल भर्ना भएका चाैधरीकाे शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्युु भएकाे थियाे । अस्पतालले उपचारमा लापरवाही गरेका कारण उनकाे मृत्यु भएकाे भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । उनीहरूले उचित क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । हस्पिटलले शुक्रबार साँझ मृतकका आफन्तसँग वार्ता गरेकाे थियाे तर उनीहरूले जिम्मेवार व्यक्ति वार्तामा आउनुपर्नेमा नर्स पठाइएकाे भन्दै बहिष्कार गरेका थिए । साेही क्रममा आक्रोशीत मृतकका आफन्तले अस्पतालमा ताेडफाेड समेत…

विस्तृतमा...

काठमाडौं : सन् १९७८ जुलाई २५ रातको करिब ११:३० बजे इंग्ल्याण्डको म्यानचेस्टर जिल्ला अस्पताल बाहिर भीड जम्मा भएको थियो । यो भीडमा बिरामी र तिनका परिवार होइन डाक्टर र पत्रकार थिए । लेबर रुमबाट बालिका जन्मिएको खबर आयो । सबैजना खुशीले उफ्रिए । भोलिपल्ट संसारभरका पत्रपत्रिकाको हेडलाइन थियो– ‘विश्वको पहिलो टेस्ट ट्युब बेबीको जन्म । त्यसयता यही दिन अर्थात् जुलाई २५ लाई विश्व भ्रूणविज्ञान दिवसका रूपमा मनाइन्छ । यो चिकित्सा र विज्ञानको दुनियामा एक ठूलो उपलब्धि थियो । यो अद्भुत उपलब्धि स्त्री रोग विशेषज्ञ प्याट्रिक स्टेप्टो र वैज्ञानिक रोबर्ट एडवर्ड्सले गरेका थिए । उनले १० वर्षमा २८२ असफलतापछि यो सफलता…

विस्तृतमा...

काठमाडौं : विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन् । सन् २०२३ को तथ्यांकअनुसार विश्वभर ७३.३ करोड मानिसले पर्याप्त खाना पाउन सकेका छैनन् । एकै समयमा, २०१९ को तुलनामा, तिनीहरूको संख्या १५.२ करोडले बढेको छ । त्यस्तै अफ्रिकाको अवस्था भने अझ खराब छ । अफ्रिकामा प्रत्येक पाँचौं व्यक्तिले खानाको समस्या सामना गर्दछ । विश्वमा खाद्य सुरक्षा र पोषणको अवस्थाबारे हालै सार्वजनिक गरिएको प्रतिवेदनमा यो जानकारी आएको हो । प्रतिवेदनका अनुसार विश्वभर २३३ करोड मानिसलाई नियमित रूपमा पर्याप्त खाना पाउन संघर्ष गर्नुपरेको छ । विश्वव्यापी खाद्य असुरक्षा अझै पनि प्रि-कोभिड स्तर भन्दा उच्च छ । योसँगै विश्व पोषणका हिसाबले १५…

विस्तृतमा...

काठमाडौं : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् । शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको छ । दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको छ । विश्वस्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान अध्ययन गरेका छन् । बाइस महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन्…

विस्तृतमा...

काठमाडौँ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन् । शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रदेशभित्रका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गर्ने जानकारी दिए । उनले भने,‘सिटामोलसमेत नपाएर ज्यानै जाने अवस्था गाउँगाउँमा अब आउँदैन । माडबारी सेवा समितिसँगको सहकार्यमा उपत्यकाभित्रका अस्पतालमा मृत्यु भएकाको शवलाई निःशुल्क आर्यघाटसम्म पुर्याउने व्यवस्था गर्ने तयारी गरेको छु ।’ मन्त्री थापाले आफूले प्रदेशका सबै जिल्लाका सरकारी अस्पतालको अनुगमन गरेर थप सुधारको लागि प्रयास गर्ने बताए ।

विस्तृतमा...

काठमाडौँ : भारतको गुजरात राज्यमा चाँदीपुरा भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ। भाइरसको सङ्क्रमित बनाउँदा ५४ जना अस्पताल भर्ना भएका छन् । गुजरात सरकारका अनुसार हालसम्म १२४ जनामा चाँदीपुरा भाइरस फेला परिसकेको छ । ग्रामिण भेगमा देखिनएको उक्त भाइरस पछिल्लो समय गुजरातको हमदावाद, वडोदरा, राजकोट, सुरत लगायतका ठूला सहरहरूमा पनि फैलिन थालेको छ । गुजरात बाहेक राजस्थानमा पनि चाँदीपुरा भाइरसको सङ्क्रमण फैलिन थालेको छ । राजस्थानमा हालसम्म ६ जनामा चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ । अन्य ५ जनाको उपचार भइरहेको छ। त्यस्तै मध्यप्रदेश र महाराष्ट्रमा पनि चान्दीपुरा भाइरस देखा परेको छ । भारतमा पहिलोपटक १९६६…

विस्तृतमा...

काठमाडौँ : पछिल्लो समय रौतहटमा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल सङ्क्रमितको सङ्ख्या ४७४ पुगेको हो । त्यस अघिको आर्थिक वर्ष २०७९–०८० मा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या मात्र ३३२ रहेको थियो । एक वर्षको अवधिमा जिल्लाभरिमा १४२ जना एचआइभी एड्स सङ्क्रमित बढेको सङ्क्रमितहरूको रोकथाम तथा सचेतना सम्बन्धी काम गदै आएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताएकी छिन् । सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआइभी एड्स सङ्क्रमित देखिएको छ । राजपुरमा ६३ जना सङ्क्रमित रहेको संयोजक मगरले जानकारी दिएकी छिन् । दोस्रोमा इशनाथ नगरपालिकामा अहिलेसम्म ५२ जना सङ्क्रमित रहेका…

विस्तृतमा...

कैलाली : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा दुई जना बिरामीमा हैजा पुष्टि भएको छ । उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ । सेती प्रादेशीक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो । अझै एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेको बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जनाएको छ ।

विस्तृतमा...

ललितपुर : ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिए । हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा रहेको सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अरु दुई जनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि…

विस्तृतमा...

जनकपुर- जनकपुरको श्री जानकी आँखा अस्पताल फेरि विवादमा तानिएको छ । केही दिनयता अस्पतालमा तालाबन्दी भएको छ । तालाबन्दीका कारण चिकित्सकीय सेवा प्रभावित भएको छ । केही राजनीतिक दलका स्थानीय नेता-कार्यकर्ताहरूले अस्पताल सुधारका लागि दबाब सिर्जना गर्ने उद्देश्यले बनाएको सर्वदलीय तथा सर्वपक्षीय समितिले अस्पताललाई गोजीको संस्था बनाएको भन्दै अस्पताल परिसरमै हातपातका साथै तोडफोड गरेपछि विवादले झन् उग्र रूप लिएको छ । अहिले दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । सर्वपक्षीय समितिले अस्पताल भ्रष्टाचारको अखडा बन्दै गइरहेको आरोप लगाएको छ भने अस्पताल पक्षले व्यक्तिलाई स्थापित गर्न अस्पतालमा आन्दोलन चलाइएको आरोप लगाएको छ । विवादका बीच दुवै पक्षले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर…

विस्तृतमा...