कैलाली : कैलालीमा अस्पताल बनाउने भन्दै तयार पारिएको संरचनामा चर्च सञ्चालन गर्ने तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरा छन् । धनगढी–७ मनेहरामा छालासम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भवन निर्माण गरिएको थियो । मंगलबार पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता कविन्द्र बोहराले जानकारी दिए ।
Aricle Tech
विराटनगर : मोरङमा एक चिकित्सक मृत अवस्थामा फेला परेका छन्। मोरङको उर्लाबारीमा रहेको अरनिको हस्पिटलमा कार्यरत डा. मनिषकुमार यादव डेरामै मृत फेला परेका हुन्। उनी बिहीबार बिहान कोठाभित्रै मृत अवस्थामा फेला परेको जनाइएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार उनी कोठामा मृत फेला परेका थिए। यादव डेढ वर्षयता अरनिको अस्पताल उर्लाबारीमा रेडियोलोजिस्टका रूपमा कार्यरत थिए। उनको कोठाभित्र मानसिक रोग सम्बन्धी औषधि भेटिएको प्रहरीले जनाएको छ ।
त्रिशूली : त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए। ‘जिल्लाको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउँदा बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने सुविधाजनक अवसर प्राप्त भएको छ,’ निर्देशक डा लामाले भने, ‘बिरामीको रोग पत्ता लगाउन सहज भएसँगै अस्पतालले प्रवाह गर्ने सेवा र अस्पतालप्रतिको विश्वास समेत बढाउन उल्लेख्य सहयोग पुग्नेछ । बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता अब अन्त्य भएको छ ।’ शरीरको भित्री अंगका रोग तथा चोटपटक थाहा पाउन अति नै महत्वपूर्ण मानिने सिटिस्क्यान उपकरणले मस्तिष्क, टाउको, घाँटी, छाती, पेट, आन्द्रा,…
दैलेख : विषालु च्याउ खादा दैलेखमा एकै परिवारका चार जना विरामी परेका छन । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा डुङ्गेश्वर गाउँपालिका वडा–२ लाकुरीका एकै घरका चार जना विरामी परेका हुन् । बिरामी हुनेमा बर्ष ३० कि अमृता बिक, १३ वर्षीया छोरी मिना बिक, ९ वर्षीय छोरी रन्जना बिक र ५ वर्षीय छोरी शर्मिला बिक रहेको डुडुङ्गेश्वर गाउँपालिका- २का वडाध्यक्ष याम बहादुर बिष्टले बताए । विरामीलाई राति नै स्वास्थ्य सेवा कार्यालय दैलेखमा भर्ना गरिएको छ । अहिले उनीहरुको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भईरहेको छ ।
किमाथाङ्का : यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता भाइरल ज्वरो र डेङ्गीका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनले भने, “शय्या नहुँदा अहिले बिरामीलाई भुईमा राखेर उपचार गरिरहेको छौँ ।” जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेङ्गी र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताए…
वर्खा याममा धेरै मानिसहरुमा कान पाक्ने समस्या हुन्छ । वर्खामा कान ओसिलो हुने हुनाले ढुसीको ईन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कान भित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ । वर्खा याममा मानिसहरु धेरै खेतवारीमा काम गर्ने गर्दछन् । उक्त समयमा धेरै वर्षा समेत हुने हुँदा कानभित्र पानी छिर्ने समस्या हुने गर्दछ । यसका अतिरिक्त गर्मी महिना भएकाले धेरै मानिसहरु पौडी खेल्न समेत विभिन्न पोखरी तथा स्वीमिङ पुलमा जाने गर्दछन् । यो बाहेक पौडी खेल्न जाँदा कान भित्र पानी पसेर ईन्फेक्सन हुने सम्भावना बढी हुन्छ । कानको जाली फुटेको रहेछ भने झन्…
काठमाडौँ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएका छन् । जुलाई १८ देखि २२ सम्मको चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यससँगै देशभर १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जुलाई १८ मा १ हजार ६ सय ५७ जना डेंगु बिरामी थिए । हालसम्म देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको ईडीसीडीले जनाएको छ ।
काठमाडाैं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएका तीनजना हैजाका बिरामी भागेका छन् । आइतबार उपचारका लागि भर्ना गरिएका उनीहरू मंगलबार राति भागेका अस्पतालको आकस्मिक कक्षका इन्चार्ज भानेश्वर यादवले जानकारी दिए । उनीहरूमध्ये एकजना शौचालयको भेन्टिलेसनबाट हाम फालेर र अन्य दुईजना वार्डबाटै भागेका बताइएको छ । ललितपुरको ठैबस्थित नशारहित समाजद्वारा सञ्चालित पुनःस्थापना केन्द्र (रिहाबिलिटेसन सेन्टर) मा हैजा संक्रमण भएको पुष्टि भएपछि चार जनालाई आइतबार टेकु अस्पताल ल्याइएको थियो । उनीहरूको खोजी भइरहेको बताइएकाे छ ।
तुलसीपुर (दाङ) : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् । बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा प्रमिला गुप्ता र डा रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गरेका छन् । डा प्रमिला र रोशन दिदी–भाइ हुन् । “काठमाडौँ लगेर उपचार गर्ने हैसियत नभएको होइन्, हामीले हाम्रो ठाउँको अस्पताललाई विश्वास गर्न सकेनौँ”, डा प्रमिलाले भनिन् , “यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया यहीँ गरेका हौँ ।”…
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । दूषित पानीले हैजासहित पानीजन्य रोग फैलिने जोखिम भएकोले पिउने पानी र खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको हो । हैजा र यसले ल्याउन सक्ने जनस्वास्थ्य तथा वातावरणीय जोखिम घटाउन वडास्तरीय छलफल र तालिम सुरु भएका छन् । वरिष्ठ जनस्वास्थ्य अधिकृत न:ली बज्राचार्यका अनुसार अहिलेसम्म हैजाका बिरामी भेटिएको छैन । गएको वर्ष भने विभिन्न ठाउँमा बिरामी भेटिएका थिए । ललितपुरमा भने एक जनामा पुष्टि भएको छ । हैजाबाट बच्ने सहज उपाय भनेको, पानी तताएर शुद्धीकरण गर्नु हो । लक्षण तथा उपचारका विषयमा जानकारी लिनुपरे…

