काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको उपचार भइरहेको छ । उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ । क्याप्टेन शाक्य सामान्य कुराकानी गरिरहेका छन् । उनको टाउको, खुट्ट लगायतका भागमा चोट लागेको छ । अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा राखेर उनको उपचार भइरहेको छ । उनको टाउकोको सीटी स्क्यान गरिएको छ । दुर्घटनास्थलबाट अस्पतालमा पुर्याइएका पाइलट शाक्यले आकस्मिक कक्षमा पुगे लगत्तै फोन मागेका थिए । दुर्घटनामा घाइते पाइलट शाक्यको शरीरमा जलन भएको छैन। तर उनको शरीरमा विभिन्न स्थानमा भने चोट लागेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन…
Aricle Tech
दाङ : दाङमा जडीबुटी उत्पादन बढेको छ । टिमुर, हर्रो, बर्रो, त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०–०८१ मा ६ लाख किलो जडिबुटी उत्पादन भएको छ । गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो । उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन…
काठमाडौँ : सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो । मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्ने जनगुनासो आइरहेकाले प्रादेशिक र जिल्लास्तरमा रहेका एम्बुलेन्स व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न निर्देशन दिएको जानकारी दिए । मन्त्रालयले मापदण्ड पूरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्न निर्देशन दिएको छ । निर्देशिकामा एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य पालना गरेको, एम्बुलेन्सको पहिचान हुने आवाज (साइरन), रातो…
काठमाडौं : काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ। काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले मंगलबारदेखि शनिबारसम्म खोप दिनेछ । निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ। सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको थियो । २६ मे २०२४ मा संकलन गरिएको टुकुचा र वाग्मती मिसिएको पानी परीक्षण गर्दा भाइरस…
काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवमा हैजा संक्रमण देखिएको छ । ठैवकाे एक पुनर्स्थापना केन्द्रमा चार पुरुषमा हैजा पुष्टि भएको वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए । केन्द्रमा रहेका ६ युवामा पखाला लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा चारजनामा हैजा पुष्टि भएको उनले बताए । बिरामीमध्ये टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुईजनाको उपचार भइरहेको छ । अरू दुईजनाको अवस्था सामान्य र पुनर्स्थापना केन्द्रमै छन् । हैजाको कारणबारे अनुसन्धान भइरहेको वडाध्यक्ष महर्जनले बताए ।
सिमकोट (हुम्ला) : जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर)मा तालाबन्दी गरिदिएको छ । दुई कोठे ‘बर्थिङ सेन्टर’को भवन बनाउने ठेकेदारले समितिलाई छ लाख ५० हजार भुक्तानी नगरेको जनाउँदै समितिले ताला गलाइदिएको बताइएको छ । विद्यालयको जग्गामा सो बर्थिङ सेन्टरको भवन बनेको थियो । अभिभावक सङ्घका अध्यक्ष सङ्केश रावलले विद्यालयलाई ठेकेदारले उक्त रकम दिने भनी सहमति गरे पनि कार्यान्वयन नभएपछि ताला लगाएको बताए । ‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्यालयले पाउनुपर्ने रकम भुक्तानी नहुँदासम्म ताला नखोलिने उनले बताए ।
चितवन : चीन सरकारको सहयोगमा चितवनमा निर्माण भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन् । अस्पतालका पूर्वकार्यकारी निर्देशक डा। देजकुमार गौतम सन् २००५ देखि चिनियाँ चिकित्सक टोली यहाँ आउन थालेको बताउँछन् । विगतमा प्रत्येक दुई–दुई वर्षमा १५ जनाको चिकित्सक टोली आउने गरेकामा पछिल्लो पाँच वर्षदेखि बर्सेनि नयाँ टोली आउने गरेको गौतमले जानकारी दिए । टोलीमा १५ जना फरक–फरक विधाका चिकित्सक, एक जना भान्से र एकजना भाषा मध्यस्थताकर्ता गरी १७ जनाको टोली आउने गर्दछ । उनीहरूले चिनियाँ परम्परागत उपचार पद्धतिबाट पनि यहाँ सेवा दिने गरेको डा। गौतम बताउँछन् । उनले भने, ‘चिनियाँ परम्परागत एक्युपञ्चर,…
काठमाडाैं : पछिल्लो समय नेपालमा पुरुषहरुमा बाँझोपन बढ्दै गइरहेको छ । लामो समयदेखि निसन्तान दम्पतीलाई सन्तान सुख प्रदान गर्दै आएकी प्रजनन् विशेष डा.नेहा हुमागाईंले पुरुषको समस्यालाई ढाकछोप गर्ने र बाँझोपन महिलाको मात्रै समस्या हो भन्ने भ्रमबाट समाज बिस्तारै बाहिर निस्कँदै गएको बताउँछिन्। विश्वभरि नै शुक्रकीटको मात्रा खस्किरहेको र निसन्तानपनको प्रमुख कारण बन्दै गएको उनको तर्क छ। ‘बाँझोपनाको लगभग आधाभन्दा धेरै समस्या पुरुषमा हुन्छ। बाँझोपनको समस्यामध्ये झण्डै ७५ प्रतिशत पुरुषमा हुन्छ। डा.नेहा भन्छिन्, ‘तर महिला बाँझोपनाको तुलनामा पुरुष बाँझोपनाको चर्चा कम हुने गर्छ। चर्चा भएसँगै पुरुषहरूले पनि बाँझोपनको समस्या स्वीकार गर्न थालेका छन्।’ पछिल्ला केही वर्षयता बाँझोपनको समस्या ह्वात्तै बढेको उपचारमा…
काभ्रेपलाञ्चोक : बनेपा नगरपालिका–७ उग्रेश्वरबाट प्रहरीले यही साउन १ गते लागुऔषध बोकेर हिँडेका २५ वर्षीय कान्छामान तामाङलाई प्रहरीले पक्राउ गर्यो । सुराकका आधारमा पक्रिएका तेमाल गाउँपालिका–७ का तामाङको साथबाट प्रहरीले एक सय ५७ ट्याब्लेट नाइट्राभेट नामक प्रतिबन्धित लागुऔषधी बरामद गरेको थियो । तत्काल प्रहरीले उनको बनेपास्थित डेरामा खानतलासी गर्दा एक सय ३५ ट्याब्लेट नाइट्राभेट फेला पार्यो । इलाका प्रहरी कार्यालय बनेपाले तामाङलाई काभ्रे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको जनायो । साथै, तामाङसहितका लागुऔषधी ओसारपसार गर्ने तथा प्रयोगकर्ताको खोजीकार्य भइरहेको इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । यसअघि गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय…
काठमाडौं : काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको छ । यो विशेष पोलियो खोप अभियान हो । अभियान साउन ९ गते सुरु हुनेछ । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन अनुरोध गरिएको छ । पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन – ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन – आइपीभी) दिइन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन् ।…

