

काठमाडाैं : नेपाल क्यान्सर अस्पतालले ‘विश्व हेड एन्ड नेक क्यान्सर दिवस’का अवसरमा एक दिने कार्यशाला आयोजना गरेको छ । २७ जुलाईमा मनाइने साे दिवसकाे अवसरमा आयोजना भएकाे सीएमई कार्यशालामा राजीव गान्धी र अमृता अस्पतालका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले क्यान्सर उपचारको बारेमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बोल्दै हस्पिटलका अध्यक्ष डा। सुदिप श्रेष्ठले पछिलो समय नेपालमा क्यान्सरको उपचारमा पहुँच बढेसँगै क्यान्सरका बिरामीहरुको संख्या बढ्दै गएको बताए । त्यस्तै हेड एण्ड नेक ओन्कोलोजी युनिटका प्रमुख डा प्रभातचन्द्र ठाकुरले टाउको र घाँटीको क्यान्सर उपचारको बारेमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा हेड एण्ड नेक क्यान्सर तथा त्यसको उपचार विधि र अभ्यासबारे डा. सुब्रनिया अय्यर, डा. सुदीप श्रेष्ठ, डा. प्रभात ठाकुर, डा. मुदित अग्रवाल, डा प्रवीण अहलावत, डा. हरि ढकाल, डा. देजराज गौतम, डा. सुरेन्द्र बस्नेत, डा. नवीन बज्राचार्य, डा. बजरंग, डा. तोरण केसी, डा एसआईर, डा. कुञ्जन, डा. सरोज चटौत तथा डा. सागर महर्जनले आफ्नो अवधारणा राखेका थिए ।



