

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार लिएको चिकित्सकको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ ।
काउन्सिलका अनुसार यसपटक ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार कुल ९७० जनाले फारम भरे पनि ९६६ जना सहभागी थिए । ती मध्ये ८७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका छन् । ६ जनाको नतिजा विथहेल्डमा राखिएको छ ।



