सिरहा : पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका–८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् । स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि अस्पताल क्षेत्र जलमग्न हुँदै आएको स्थानीय इन्द्रजीत साहले बताए । उनले भने, “वर्षा सुरु भएसँगै अस्पताल क्षेत्र पूरै डुबान हुन्छ । थोरै वर्षामा पनि अस्पताल आउजाउ गर्न समस्या हुन्छ । लामो समय वर्षा हुँदा त अस्पताल भित्रै पानी पस्छ ।” पानीको निकास थुनेर नजिकमा पक्की घरका संरचना बन्दै जाँदा समस्या बढ्दै गएको उनको भनाइ छ । पानी…
Aricle Tech
काठमाडौं : सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय तथा अन्तर्गतका विभाग संघीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग भएको छलफल पश्चात उक्त निर्णय गरिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बैठकले आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र सरकारी अस्पतालमा बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । नेपालका ७३ वटा जिल्लाहरुमा २३६५ डेंगु संक्रमितहरु पुष्टी भएका छन् । जसमध्ये तनहुँमा एक ५० वर्षीया पुरुषको मृत्यु भएको छ । यसवर्ष सबैभन्दा बढी बागमती प्रदेशमा…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले गत वर्ष पनि डेङ्गी रोगको सङ्क्रमण बढेपछि अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो। मन्त्रालयले आ–आफ्ना कार्यालयमा डेङ्गी सङ्क्रमणबारे सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ। प्रवक्ता बुढाथोकीले सरकारी अस्पतालमा डेङ्गीका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिए। मन्त्रालयले सरकारी अस्पताललाई डेङ्गी सङ्क्रमितको…
धादिङ : धादिङका अधिकांश एम्बुलेन्स सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । विभिन्न संस्थाबाट जिल्लामा ६८ एम्बुलेन्सले सञ्चालन अनुमति लिएकामा दुईवटाले मात्रै वर्गअनुसार मापदण्ड पूरा गरेका छन् । बिग्रिएर थन्किएका बाहेक अन्य ५२ वटा एम्बुलेन्सले मापदण्ड पूरा नगरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । एम्बुलेन्समा साइरन हुनुपर्ने, रातो रङको लामो सङ्केत बत्ती जडान भएको, फोर ह्वील ड्राइभ भएको हुनुपर्ने, एम्बुलेन्सको वर्गीकरण खुल्ने चिह्न हुनुपर्ने, निलो रङको कम्तीमा ३० सेन्टिमिटर दायाँबायाँ र पछाडि तीनतर्फ चिह्न राखिएको हुनुपर्नेलगायत मापदण्ड तोकिएको छ । राजस्व छुट प्राप्त गरेको एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रस्ट देखिने गरी लेखिएको…
कैलाली : कैलालीकाे सेती प्रादेशिक अस्पताल धनगढीको शवगृह(लासघर)मा एक १३ वर्षीया एक बालिकाको शव अलपत्र अवस्थामा छोडिएको छ। जन्डिसका कारण ज्यान गुमाएकी बालिकाको शव २ दिनदेखि उठेको छैन । बैतडीको डिलासैनी गाउँपालिका–२ का लोकेन्द्रबहादुर घरडीले जन्डिसले उपचारका क्रममा मृत्यु भएकी १३ वर्षीया छोरी करिष्माको शव बुझ्न अस्वीकार गरेको मृतककी आमाको गुनासो छ । उनकी आमा हजारी विष्ट घोडाघोडी नगरपालिका–८ मा बस्दै आएकी छन् । २०७७ सालमा लोकेन्द्रबहादुर र हजारीबिच सम्बन्धविच्छद भएको थियो। मृतक करिष्मा आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बालिका करिष्माको पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको राजीपुरमा मृत्यु भएको थियो । शव उठाउन जाहेरी…
काठमाडौं : स्वास्थ्य कार्यालय नुवाकोटले पछिल्लो १० वर्षदेखि म्याद सकिएका औषधिजन्य सामग्री नष्ट गर्न बजेट अभावले भण्डारण कक्ष (स्टोर) मा राख्न बाध्य भएको छ । जिल्लामा रहेका स्वास्थ्य संस्थामार्फत बिरामीलाई निःशुल्क वितरण गर्न कार्यालयले खरिद गरेको र माथिल्ला निकायबाट प्राप्त गरेका औषधि उपभोग भएसँगै म्याद सकिएर थन्किएको कार्यालयका जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार म्याद सकिएका औषधि तोकिएका मापदण्डअनुसार नष्ट गर्ने प्रक्रिया पूरा गर्न बजेट अभावमा पछिल्लो १० वर्षदेखि स्टोरमा थन्किएको छ । ‘औषधि नष्ट गर्ने दुई विधि छन् । त्यसमा भएका रासायन हटाइ तातो भाडोमा जलाएर खरानी बनाउने अथवा त्यसलाई केलाएर धुलो बनाइ सिमेन्टसँग मिसाएर जमिनमा…
तनहुँ : शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ । अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेङ्गी फैलिएको थियो । हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेङ्गी परीक्षण गरिएकामा ९६ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । डेङ्गी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन् । यसैबीच दमौली अस्पतालमा पनि डेङ्गी परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालका प्रमुख डा परिर्वतन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५…
काठमाडौँ : देशका चार जिल्लामा हैजाका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर, कैलाली र प्युठानमा हैजाका बिरामी देखिएको बताए । उनकानुसार यी चार जिल्लामा ३० जनामा हैजा पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हैजा परीक्षण गराउँदा ललितपुरमा १९, काठमाडौँमा एक, कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा पुष्टि भएको हो । हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले यसका मुख्य लक्षणमा चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा आँखा गाडिने, मुख, जिब्रो र घाँटी…
काठमाडौँ- राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहले एक वर्षको तलब आँखा अस्पताललाई प्रदान गरेका छन् । सांसदमा निर्वाचित भयपछि आफुले प्राप्त गर्ने एक बर्षको तलब बराबरको रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्ने प्रतिबद्धता अनुसार उनले ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । हेटौंडामा मंगलबार आयोजित एक कार्यक्रममा सांसद सिंहले नेत्र विशेषज्ञ डा। सन्दुक रूइत मार्फत हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन् । एक वर्षको तलब ६ लाख १२ हजार रुपैयाँमा थप ३ लाख ८७ हजार थपेर आँखा अस्पताललाई हस्तान्तरण गरेको सिंहले बताए । जनताको सेवकको रुपमा काम गर्ने कसम…
काठमाडाैं : औषधि व्यवस्था विभागले ‘अनलाइन औषधि बिक्रीवितरण मापदण्ड, २०८१’ को मस्यौदा तयार पारेको छ । विभागले औषधिको बिक्रीवितरणमा कुशलता, प्रभावकारिता, गुणस्तरीयता एवम् प्रतिस्पर्धा कायम राख्दै जनताको अपेक्षा एवम् आकांक्षालाई सम्बोधन गर्ने उद्देश्यले मापदण्ड तयार पारेको जनाएको छ । औषधि बिक्रीवितरण संहिता, २०८० को दफा ८ को उपदफा १० बमोजिम मापदण्डको मस्यौदा तयार पारी अन्तिम चरणमा पुर्याइएको हो । विभागले मापदण्डको मस्यौदा आफ्नो वेबसाइटमा राखेको छ । कुनै रायसुझाव भए सम्बन्धित सरोकारवालालाई आगामी १० दिनभित्र विभागको इमेलमा पठाउन आग्रह गरिएको छ । ‘उक्त अनलाइन औषधि बिक्रीवितरण मापदण्ड, २०८१ सम्बन्धी उपयुक्त रायसुझाव भएमा यो सूचना प्रकाशन भएको मितिले दश दिनभित्र तोकिएको…

