काठमाडौं- नेपालमा हैजा संक्रमित संख्या ५५ जना पुगेको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो । ललितपुरमा मात्र ४१ जना हैजा संक्रमित भेटिएकाे स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जनाएकाे छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ४ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । बर्खायाममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको…
Aricle Tech
काठमाडौं । हिजोआजको जीवनशैली र खानपानका कारण धेरै मानिस मोटोपनाको शिकार भएका छन् । अनियन्त्रित रुपमा मानिसको पेट बढ्दा धेरै रोगले मानिसलाई सताउने गरेको छ । मोटोपनाका कारण उच्च रक्तचाप, मुटुरोग, मधुमेह, थाइराइडजस्ता कयौं दीर्घरोगको शिकार भइन्छ । मोटोपनालाई कसरी नियन्त्रण गर्ने त ? मोटोपना नियन्त्रण गर्न मुख्यगरि हामीले हाम्रो दैनिक खानपान सुधार्नुका साथै नियमित व्यायाम गर्नुपर्ने हुन्छ । यस बाहेक शरीरको तौललाई सन्तुलनमा राख्नका लागि विभिन्न विधिहरु अपनाउन सकिन्छ । भोक लागेको महसुस भएको केहि बेरपछि मात्र खाना खाने जसको कारणले गर्दा हाम्रो शरीरमा भएको बोसो बिस्तारै कम हुँदै जान्छ र मोटोपन घट्न सहयोग गर्छ । बेलुकाको खाना खाइसकेपछि…
दमौली- तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले पछिल्लो दुई दिनमा मात्रै यहाँ एक सय आठजनामा सङ्क्रमण देखिएको र कुल सङ्क्रमितमध्ये आठ सय १३ जना आँबुखैरेनी गाउँपालिकामा रहेका जानकारी दिए । यस्तै व्यास नगरपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा एक सय २०, भिमाद नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा सात र बन्दीपुर गाउँपालिकामा ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको उनले बताए । डेंगु सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तीव्रता दिएको छ । आँबुखैरेनी गाउँपालिका–३ का विभिन्न टोलमा…
काठमाडौँ- पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थीहरू अपहरणमा परेका प्रहरी र विश्वविद्यालय स्रोतले जनाएका छन् । क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासङ्घले शनिबार जारी गरेको विज्ञप्तिमा विहीबार साँझ विद्यार्थीहरू एनुगु शहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाएको छ । ‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने, “मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन् । उनीहरुको रिहाइको बदलामा फिरौती मागिएको छ ।” नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो । बेनु राज्यको…
नयाँ दिल्ली- सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकले शनिबार राष्ट्रव्यापी विरोध र हडताल गरेका छन् । पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो । स्वास्थ्यकर्मीले हडतालको नेतृत्व गरेका छन् भने दोषीलाई कारबाहीको माग गर्दै दसौँ हजार सर्वसाधारण पनि हडतालमा सहभागी भएका छन् । धेरै राज्यका सरकारी अस्पतालमा उनीहरूले विरोधस्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन् । हडतालले नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत बाधा पुर्याएको छ । प्रदर्शनकारीहरू ‘निको हुने हातबाट रगत बग्न हुँदैन’, ‘इनफ इज इनफ’ ‘बलात्कारीलाई फाँसी दे’ आदि लेखिएको प्लेकार्डसहित विरोधमा उत्रिएका…
चितवन- सामाजिक क्षेत्रमा क्रियाशीलता देखाउँदै आएका यहाँका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा. अजय न्यौपाने र डा. सरु थापाले ‘डा. अजय एण्ड डा. सरु फाउण्डेसन’ स्थापना गरेका हुन् । फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा.न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनले जानकारी दिए । वार्षिक रु १० लाख कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा रु १० लाख छुट्याएको उनले बताए । आउँदो वर्षबाट कोषको ब्याजमा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले…
जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एमपक्स भाइरसको थप खतरनाक भेरियन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढाउन उत्पादकहरुलाई आग्रह गरेको छ । डब्लुएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि एमपक्सलाई बुधबार दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो । ‘एमपक्सको प्रकोपलाई नियन्त्रण गर्न हामीलाई साँच्चै खोपको उत्पादन बढाउन आवश्यक छ’, डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले पत्रकारहरूलाई भने। डब्लुएचओले एमपक्स खोपको भण्डार भएका देशलाई हाल प्रकोप फैलिएको देशलाई वितरण गर्न आग्रह गरिरहेको छ । हालैका वर्षहरूमा डेनमार्कको औषधी उत्पादक बवेरियन नर्डिकद्वारा उत्पादित एमभीए–बीएन र जापानको एलसी-१६ गरी दुई प्रकारका एमपक्स विरुद्धको खोप प्रयोग भइरहेको छ । ह्यारिसले ५ लाख एमभीए–बीएन खोप हाल भण्डारमा रहेको र आवश्यकता अनुसार २४ लाख खोप तत्काल उत्पादन गर्न सकिने बताए । सन् २०२५ का लागि खरिद अनुरोधमा थप १ करोड…
काठमाडौं- साधारणतया जङ्गली जनावरलाई रोग लाग्दैन । किनभने उनीहरू अर्गानिक खाने कुरा खान्छन् । हामीले पनि अर्गानिक खानेकुरा खान सुरु गरे धेरै हदसम्म हाम्रो शरीर स्वस्थ रहने चिकित्सकहरु बताउँछन् । हामीले कम्तिमा पनि दुई घण्टासम्म दैनिक हाम्रो छालाले जमिनलाई छुनुपर्छ । हाम्रो पैतालाले माटोमा छुनु वा खाली खुट्टाले माटोमा टेक्नु पनि एक प्रकारको औषधी नै हो । आधुनिक जमना आएसँगै हाम्रो शरीरमा रोग भित्रिदैं गएको विज्ञहरू बताउँछन् ।हामीले खाने खानाको कारणले पनि विभिन्न रोग लाग्छ । काजु, पिस्ता, बदाम, ओखर जस्ता खानेको कुरा मात्रा मिलाएर खानुपर्छ । सकेसम्म आफ्नै करेसाबारीमा उत्पादन गरिएका खानेकुरा खानुपर्छ । आँटा, ढिकिमा कुटेको चामल खाने,…
बैतडी- बैतडीको पाटन नगरपालिका–१० को सिद्धपुर स्वास्थ्य चौकीमा कार्यरत सबै कर्मचारीहरुलाई सरुवा गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । बिहिबार बसेको स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । स्वास्थ्यकर्मीहरुले कार्यसम्पदानमा चरम लापरवाही गरेको भन्दै सबै कर्मचारीहरुलाई सरुवा गरी अन्य कर्मचारीहरुलाई यस स्वास्थ्य चौकीमा कामकाजमा पठाउन आग्रह गर्दै नगरपालिकालाई निर्णयसहितको निवेदन पेश गरेको छ । स्वास्थ्य चौकीमा काम गर्दै आएका अनमी लगायतका स्वास्थ्यकर्मीहरुले सुत्केरी हुन आएका महिलाहरुलाई सेवा नदिएको, प्रशासनिक काम सही ढंगबाट नगरेको, कर्मचारीहरु समयमा स्वास्थ्य चौकीमा उपस्थित नभएको, स्थानीय सरकारको नियम पनि नमानेको लगायतका विषय उल्लेख गर्दै कर्मचारीहरुको सरुवा गर्ने निर्णय गरिएको हो । सो…
योग एक आत्मा अनुशासन हो । यो संस्कृत भाषाको ‘युज’ बाट आएको हो, जसको अर्थ ईश्वरसँग आत्माको मिलन हुनु भन्ने हुन्छ । यसले शरीर र दिमागलाई नियन्त्रण गर्ने व्यवहारिक तरिकाहरू प्रदान गर्ने भएकाले यसलाई एक विज्ञान वा कलाको रुपमा पनि हेरिन्छ, जसले गहिरो ध्यान गर्न सक्षम बनाउँछ । खासमा भन्नु पर्दा आफ्ना इच्छा शक्तिलाई परमात्मको इच्छा शक्तिमा संयोग गर्नु वा जोड्नु योग हो । समान्यबाट सबल तिर सिमितबाट असिमिततिर लैजाने बाटो योग हो । यसले मन र मस्तिस्कको मिलन गराउँछ । योगका प्रकारहरू:राजयोग, हठयोग लययोग ज्ञानयोग भक्तियोग कर्म योग आदि । नाम अनुसार योग गर्ने तरिका र उक्त योगले पर्ने…

