काठमाडौं- चिकित्सा शिक्षा सुधार अभियन्ता भनेर चिनिएका डा. गोविन्द केसीले पुन: अनसन बस्ने चेतावनी दिएका छन् । शुक्रबार उनले विभिन्न ६ माग राख्दै आमरण अनसन बस्ने चेतावनी दिएका हुन् । उनले एक विज्ञप्ति जारी गर्दै हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट चिकित्सा शिक्षा ऐन र नियमावलीका कतिपय व्यवस्थाहरूलाई निष्प्रयोजित गर्ने गरि र संवैधानिक इजलासको क्षेत्राधिकार मिचेर गरिएको फैसलाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘सर्वोच्चको सो फैसलाले मेडिकल कलेज सञ्चालन गर्न मापदण्ड र प्रक्रिया नपुगेका दर्जनौ अस्पतालहरूलाई ऐन विपरीत कलेज संचालन गर्न प्रोत्साहन मिल्नेछ । फलस्वरूप मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तरमा ठुलो रास आई आम नेपालीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने…
Aricle Tech
नवलपरासी – बर्दघाट–सुस्तापूर्वको डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो । ‘निर्माण व्यवसायीलाई दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ। रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,’ उनले भने । बौदिकाली गाउँपालिका–२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन अझै सञ्चालनमा आएको छैन । निर्माण व्यवसायीलाई रकम…
कञ्चनपुर- एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका आयातीत बिरामीको सङ्ख्या सुदूरपश्चिममा बढ्दो छ । भारतमा मजदुरी गरेर फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण बढी देखिने गरेको छ । स्थानीयभन्दा भारतबाट फर्कने व्यक्तिहरु औलोको उच्च जोखिममा पर्दै आएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष ०८०/८१ को साउन महिनादेखि असार मसान्तसम्म औलाका बिरामीको सङ्ख्या दुई सय ४७ रहेकामा आयातीत बिरामीको सङ्ख्या दुई सय २९ छ । स्थानीय औलोका बिरामीको सङ्ख्या १८ जना मात्रै रहेको छ । औलोका दुई परजीवीहरु प्लाज्मोडियम फाल्सिपारम र प्याज्मोडियम भाइभेक्सबाट औलो सर्ने गर्दछ । भाइभेक्सभन्दा प्लाज्मोडियम फाल्सिपारम बढी जोखिमयुक्त हुने…
नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन पनि गरेको छ । नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिए । जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी रु ५० हजारका प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका छन् । यसैबीच, नगरभित्र उच्च शिक्षा अध्ययन गर्ने २८ जना विपन्न विद्यार्थीलाई रु आठ हजार छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुननपरोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।
काठमाडाैं- डेंगु संक्रमणबाट पोखरामा एकजनाको मृत्यु भएको छ । पोखराको फिस्टेल अस्पतालमा ५२ वर्षकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो । बिहीबार बिहान अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा दिउँसो मृत्यु भएको अस्पतालकी सूचना अधिकारी मधु ज्ञवालीले जानकारी दिइन् । योसँगै डेंगुका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि तनहुँमा २ जनाको मृत्यु भएको थियो ।बिहीबारसम्म प्रदेशमा संक्रमितको संख्या दुई हजार ८४ पुगेको छ ।
काठमाडौं, ३१ साउन । कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल बसुन्धाराले एकदिने निःशुल्क हाडजोर्नी तथा फिजियोथेरापी परामर्श शिविर आयोजना गर्ने भएको छ । आउँदो शुक्रवार आयोजना गरिने शिविरमा घुँडा दुखेको, ढाड दुखेको, बाथरोग भएको, नशा च्यापीएका, कुममा समस्या भएकाहरुको निःशुल्क परिक्षण र फिजियोथेरापी दिइने अस्पतालले जनाएको छ । त्यस्तै हात पिडौला सुनिएका, पक्षघात भएका, हाटखुट्टा झम्झम् गर्ने, हड्डी खिइएका र शरीरका विभिन्न दुखाई भएका बिरामीहरुले शिविरबाट लाभ लिन सक्नेछन् । शिविरमा हाडजोर्नी तथा नशा विशेषज्ञ एवं फिजियोथेरापिष्टबाट सेवा प्रवाह गर्न लागिएको छ ।अस्पतालले स्वस्थ र सक्रिय जीवनशैली कायम राख्नका लागि यो शिविर सञ्चालन गर्ने जनाएको छ । शिविर शुक्रबार बिहान…
हेटौंडा- रेविजको कारण मकवानपुरमा एक बालिकासहित दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मकवानपुरको बागमती गाउँपालिका- ७ साततले निवासी ५ वर्षीय बालिका रविना थोकर तथा ३२ वर्षका कमल नेगी रहेका छन् । पाख्रीनको साउन १८ र नेगीको साउन २८ मा मृत्यु भएको साततले आधारभुत स्वास्थ्य केन्द्रकी सिनियर अनमी रोजि पण्डितले बताइन् । एकै गाउँको दुईजनाको मृत्यु भएपछि अहिले गाउँमा रेविज विरुद्द्को खोप अभियान सुरु गरिएको छ।
काठमाडौं, ३१ साउन । कपाल उम्रने दावी सहित बजारमा छ्यापछ्याप्ती भेटिने तेलहरुको भीडमा पछिल्लो समय श्रीकेश नाम गरेको तेल चर्चामा छ । सेलिब्रेटीहरु मार्फत विज्ञापन गराएर आयुर्वेदिक तेलका नाममा उत्पादन भइरहेका श्रीकेश जस्ता तेललाई नियमन गर्न भन्दै औषधि व्यवस्था विभागले सूचिकरणका लागि तेल उत्पादकहरुलाई आह्वान गरेको छ । आयुर्वेदिक तेलको नाममा उत्पादन हुने अधिकांश औषधिको कुनै थेरापेटिक क्लेम दर्ता नहुने यस क्षेत्रका विज्ञहरु बताउँँछन् । यस्ता तेलहरुले आयुर्वेदलाई वदनाम मात्र गर्ने गरेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखाका प्रमुख डा. प्रदीप केसीले बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बजारमा औषधिको उपयोग, गुणस्तर र प्रभावकारिताका बारेमा व्यापक बहस भएपछि…
काठमाडौं – काठमाडौंमा वितरण हुने ‘अक्वा त्रिदेव’ ब्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएकाे छ । तारकेश्वर नगरपालिका- १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो । यसरी लिइएको नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिकाे निरीक्षण अधिकृत डा. अवधेश झाकाले बताए । प्रति १ सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट सिएफयु देखिएको…
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन् । डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशिल बनाएर निगरानी गर्न आवश्यक रहेको बताएका हुन् । उनले बढी मानिसको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताए । स्वास्थ्यमन्त्री पौडेलले लामो बाहुले लुगा लगाउनेजस्ता जनचेतना अभिवृद्धि गर्न सके पनि महत्त्वपूर्ण उपलब्धि हुने बताए । उनले जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रूपमा भूमिका खेल्नुपर्ने बताए । उनले टेलिफोनको रिङटोनमा डेंगीबाट…

