योग एक आत्मा अनुशासन हो । यो संस्कृत भाषाको ‘युज’ बाट आएको हो, जसको अर्थ ईश्वरसँग आत्माको मिलन हुनु भन्ने हुन्छ । यसले शरीर र दिमागलाई नियन्त्रण गर्ने व्यवहारिक तरिकाहरू प्रदान गर्ने भएकाले यसलाई एक विज्ञान वा कलाको रुपमा पनि हेरिन्छ, जसले गहिरो ध्यान गर्न सक्षम बनाउँछ ।
खासमा भन्नु पर्दा आफ्ना इच्छा शक्तिलाई परमात्मको इच्छा शक्तिमा संयोग गर्नु वा जोड्नु योग हो । समान्यबाट सबल तिर सिमितबाट असिमिततिर लैजाने बाटो योग हो । यसले मन र मस्तिस्कको मिलन गराउँछ ।
योगका प्रकारहरू:
राजयोग, हठयोग लययोग ज्ञानयोग भक्तियोग कर्म योग आदि । नाम अनुसार योग गर्ने तरिका र उक्त योगले पर्ने असर छुट्टा छुट्टै भएतापनि सबै प्रकारका योग शारीरिक कार्य र मानसिक विचारको सन्तुलन मिलाउन गरिन्छ ।
योगका आसनहरु:
स्थायी योग
• कोणासन-प्रथम
• कोणासन- द्धितिय
• कतिचक्रासन
• हस्तपादासन
• त्रिकोणासन
• वृक्षाशन
• अर्ध चक्रासन
• त्रिकोणासन
• परसारिता पादहस्तासन
• वीरभद्रासन
• पस्चिम नमस्कारासन
• गरूडासन
• उत्कटासन
बसेर गर्ने योग
• वज्रासन
• गोमुखासन
• चौकी चलनसाना
• शिशुआसना
• एका पादा राजा कपोतसन
• मरजरिसाना
• पध्मासन जुन शिरसाना
• पश्चिमोत्तानासन
• पूर्वोत्तानासन
• बद्धकोणासन आदि
किन छ योगकाे महत्व ?
•शरीर र मनलाई एकाग्र बनाउन
•मनलाई शान्त र स्थिर बनाउन
•मानसिक शरीरिक आध्यात्मिक व्यक्तित्व बिकास गर्न
•शरीरलाई फुर्तिलो र जागरूक बनाउन
•मानसिक तनाब कम गर्न
•विभिन्न किसिमका लत छुटाउन
•श्वासप्रस्वास प्रणालीलाई नियमित बनाउन
•विभिन्न किसिमका मानसिक समस्या कम गर्न
• हाम्रो दैनिक जिवनको आहार विहार, विचार र जिवन शैली सन्तुलन राख्न
•स्वस्थ्य जिवन जिउन
• शरीरमा लचकता ल्याउन
रिस कम गर्न योग :
रिस एक क्षणको पागलपन जस्तै हो । जसले ठूलो क्षति निम्त्याउने सामर्थ्य राख्छ । सबैलाई उठ्ने रिस कोही व्यक्तिले मात्र यसलाई नियन्त्रण गर्न सक्छन् । रिसको बेलामा गरिएका कामहरुले राम्रो नतिजा दिँदैन । रिसको कारण ठुलो दुर्घटना पनि हुन सक्छ । रिस कम गर्न निम्न योग गर्न सकिन्छ ।
बालासन वा बच्चाको मुद्राः
यसले दिमाग र शरीरको सम्बन्धलाई सुधार गरि दिमागलाई शान्त पार्ने काम गर्छ । यसले नकरात्मक भावनालाई नियन्त्रण गर्न सहयोग गर्छ ।
मत्स्यासन योगको अभ्यास:
मानिसको तनाव कम गर्नको लागी मष्तिस्कमा पर्याप्त रक्त सञ्चारको आवश्यक हुन्छ । मत्स्यासनले मष्तिस्कमा रक्त सञ्चार सुधार गर्न सहयोग गर्छ । यो एक क्रोध नियन्त्रण गर्ने लाभदायक आसन पनि हो । यो स्वास्थ्यका लागि धेरै हिसाबले फाइदाजनक हुन्छ ।
ध्यानको लाभ:
यसको अभ्यास मनलाई शान्त बनाउन, शान्तिको अनुभूति गर्न र सन्तुलन बढाउन उपयोगी हुन्छ । विशेषगरी ध्यान गर्ने व्यक्तिको क्रोध नियन्त्रण गर्ने क्षमता बढ्छ । कुनै निश्चित काममा ध्यान केन्द्रित गर्ने बानीको विकास गराउँछ ।