

काठमाडौं- साधारणतया जङ्गली जनावरलाई रोग लाग्दैन । किनभने उनीहरू अर्गानिक खाने कुरा खान्छन् । हामीले पनि अर्गानिक खानेकुरा खान सुरु गरे धेरै हदसम्म हाम्रो शरीर स्वस्थ रहने चिकित्सकहरु बताउँछन् ।
हामीले कम्तिमा पनि दुई घण्टासम्म दैनिक हाम्रो छालाले जमिनलाई छुनुपर्छ । हाम्रो पैतालाले माटोमा छुनु वा खाली खुट्टाले माटोमा टेक्नु पनि एक प्रकारको औषधी नै हो । आधुनिक जमना आएसँगै हाम्रो शरीरमा रोग भित्रिदैं गएको विज्ञहरू बताउँछन् ।
हामीले खाने खानाको कारणले पनि विभिन्न रोग लाग्छ ।
काजु, पिस्ता, बदाम, ओखर जस्ता खानेको कुरा मात्रा मिलाएर खानुपर्छ । सकेसम्म आफ्नै करेसाबारीमा उत्पादन गरिएका खानेकुरा खानुपर्छ । आँटा, ढिकिमा कुटेको चामल खाने, आलु नताछिकन खाने फलफूलको जुसभन्दा फलफूल नै खाने गर्नुपर्छ ।
प्रशस्त मात्रामा पानी पिउनाले दिमागलाई तेजिलो हुन्छ । बिहान उठ्ने बित्तिकै दुई गिलास मनतातो पानी पिउने तथा दिउँसोमा एक/एक घण्टाको फरकमा चुस्की लिंदै पानी पिउने गर्नुपर्छ । यस्तै सुत्नुभन्दा कम्तिमा एक घण्टा अगाडि एक गिलास पानी पिउने तथा प्रशस्त मात्रामा झोलिलो पदार्थ खानुपर्छ । हामीले पिसाबको रंगबाट पनि शरीरमा पानीको मात्रा पुगेको वा नपुगेको भनेर थाहा पाउन सक्छौं । पिसाब पहेँलो हुनासाथ पानी पिउनुपर्छ ।
शारीरिक व्यायम पनि शरीरलाई स्वस्थ राख्ने एक उपाय हो । यसले शरीरको तापक्रमलाई नियन्त्रण गर्न मद्दत गर्छ । शरीरलाई फुर्तिलो बनाउँछ । बिहान उठ्ने बित्तिकै लामो सास लिने/छोड्ने गर्नाले पनि हामी केही हदसम्म स्वस्थ्य रहन सक्छौं ।
कम्तिमा हप्तामा एकदिन ब्रत बस्नाले हाम्रो शरीरमा जमेर रहेको बोसोको मात्रा कन्ट्रोल हुन्छ र हामी स्वस्थ्य रहन सक्छौं ।



