
काठमाडाैं- हाम्रो शरीरमा साधारणतया तीस ट्रिलियन्स सेल (कोष) हुन्छन् । सेलको आयू सामान्यतया दुई दिनको हुन्छ । जसमा कम्तिमा २ सय प्रकारका सेल हुन्छन् । एउटा सेल नष्ट हुनासाथ अर्को सेल उत्पादन हुन्छ । ती विभिन्न सेलहरूमध्ये स्टिम सेल पनि एक हो, जसको माध्यमबाट अर्को सेल उत्पादन हुनसक्छ । खासमा मान्छेको शरीरमा जुन कुरा चाहिएको छ त्यो कुरा बनाउनसक्ने क्षमता भएको सेल स्टेमसेल हो ।
हाम्रो शरीरमा भएका स्टिम सेलहरू जति सकृय हुन्छन, त्यति नै हामी फुर्तिलो हुन्छौं । स्टेम सेलको मात्रा हाम्रो शरीरमा कम भयो भने वा निश्कृय भयो भने मानिस कम उमेरमा नै बुढो देखिन्छ । स्टिम सेल सकृय भयो भने मानिस बढि उमेरमा पनि वयष्क नै देखिन्छ । अहिले स्टेम सेल ट्रानसप्लान्छ गर्ने चलन पनि चलेको छ । विशेषगरी ब्लड क्यान्सर भएका व्यक्तिहरूमा यसको प्रयोग हुने गरेको छ ।
यसलाई हामीले हाम्रो खानपान र क्रियाकलापको माध्यमबाट बढाउन सक्छौं । विभिन्न किसिमका खानेकुरा मध्ये मेडिटेरियन डाइट पनि एक हो । यसमा सलाद, फलफुल, फर्सी, घिरौला आदिको बियाँ पर्दछ । त्यस्तै माछामासु, अण्डा, बोक्रा भएको दाल, दुध, दहि पनि यस डाइटमा पर्दछ ।