काठमाडाैं- अधिकांश औषधिहरू हाम्रो भान्सा कोठामा नै पाइन्छन् । तीमध्ये एक आलस पनि हो । जुन हामी सबैको घरमा हुन्छ । यसका धेरै फाइदा रहेका छन् ।
यसमा ओमेगा-३ फ्याटिक एसिड हुन्छ, जसले हाम्रो शरीरको कोलस्टोरलाई नियन्त्रण गर्छ । जसले गर्दा हामीलाई हृदयघातकाे जोखिम कम हुन्छ ।
यसमा पाइने लिगनेन्ट भन्ने प्रोटिनले एन्टि अक्सिडेन्टको काम गर्छ । एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा भएका हानिकारक सेललाई नस्ट गर्छ । हाम्रो मुटुमा हुने रगतको फ्लोलाई सरल तरिकाबाट चलाई क्यान्सरको जोखिम न्यूनीकरण गरि मुटु रोगको जोखिम कम गर्छ ।

यसमा एक किसिमको प्लान्ट हार्ट हुन्छ, जसले ४०-४५ वर्षका महिलामा हुने हार्मोनको परिवर्तिनलाई नियन्त्रण गर्छ । यसमा प्रशस्त फाइवर हुने भएकोले यसले कोस्टोरलाई घटाउँछ । यसले पाचन प्रणालीमा सहयोगगरी कब्जियत पनि नियन्त्रण गर्छ ।
आलसले ब्लडप्रेसर हुने, डाईभटिज हुने लगायत अन्य धेरै किसिमका बिरामीलाई पनि फाइदा पुग्ने विभिन्न अनुसन्धानले देखाएको छ ।
-डा. ओम मुर्ति अनिल








