काठमाडाैँ : नेपाल मेडिकल काउन्सिलले आगामी माघ १७ देखि १९ गते सञ्चालन हुने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) को अनलाईन आवेदन आज पुस २ गतेदेखि खुला हुने जानकारी दिएका छ ।
२०८० पुस २ देखि माघ २ गतेसम्म नियमित तथा माघ ३ र ४ गते विलम्ब शुल्क सहित अनलाइनमार्फत फाराम बुझाउन सकिने काउन्सिलले बताएको छ ।
अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला रहने र परीक्षा सञ्चालन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ललितपुरमा कम्प्युटर प्रविधिबाट हुनेछ । परीक्षा समितिले जानकारी दिएको छ ।