Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

मकवानपुरमा डाइलासिस उपचार सेवामा तीव्रता

Aricle TechBy Aricle Tech२०८० पुष २०, शुक्रबार
Share
Facebook Twitter

मकवानपुर : मकवानपुरको हेटौँडा अस्पतालअन्तर्गत डाइलासिस युनिटले उपचार सेवालाई सुविधायुक्त बनाएको छ। मिर्गौला फेल भएका बिरामीलाई सहज उपचार दिने उद्देश्यले अस्पतालले डाइलासिस सेवामा सुधार ल्याएको हो।

दैनिक डाइलासिस सेवा लिनुपर्ने बिरामीका लागि उपचार सेवालाई सुविधायुक्त बनाइएको अस्पतालले जनाएको छ। मधेश प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमतीको सिन्धुली र मकवानपुरका गरी कूल ६६ जना मिर्गौलाका बिरामीले अहिले दैनिक आलोपालो गरी डाइलासिस गराइरहेका अस्पतालको डाइलासिस युनिटका इन्चार्ज सिमा कँडेलले जानकारी दिए। उनका अनुसार ती बिरामीमध्ये १८ महिला छन्।

मिर्गौला फेल भएका प्रत्येक बिरामीले हप्ताको दुई पटक अनिवार्य रुपमा चिकित्सकको परामर्श अनुसार डाइलासिस गराउनुपर्ने भएकाले बिरामीको सहजताका लागि १३ वटा डाइलासिस मेसिन सञ्चालनमा ल्याइएको कँडेलले बताए। अस्पतालमा हाल मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डाइलासिस गराइरहेका बिरामीमा तत्कालै समस्या आउन सक्ने जोखिम रहेको उनको भनाइ थियो।

“बिरामीमा डाइलासिस गर्ने क्रममा कुनै समस्या आएको अवस्थामा हामीसँग विशेषज्ञ चिकित्सक छैनन्। अन्य चिकित्सकबाट उपचार सेवा दिइएका छौँ”, कँडेलले भने। उनका अनुसार अहिले डाइलासिस युनिटमा १३ मेसिनबाट दैनिक बिहान, दिउँसो र साझँमा गरी तीन सिफ्टमा सेवा दिँदै आएको छ।

उक्त डाइलासिस युनिटका लागि सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, हेटौँडा उपमहानगरपालिका, रोेटरी क्लब हेटौँडा र आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले मेसिन खरिद गरी उपलब्ध गराएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा रामचन्द्र सापकोटाले राससलाई जानकारी दिए। पुराना चार मेसिन बिग्रेकाले केही दिनभित्रै प्राविधिक झिकाइ मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने उनले बताए।

मकवानपुरमा हालसम्म करिब चार सयभन्दा बढी मिर्गौला फेल भएका बिरामीको पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। ती बिरामीले आ–आफ्नो सुविधा अनुसार काठमाडौँ, ललितपुर, भक्तपुरका साथै चितवनका विभिन्न अस्पतालमा डाइलासिस सेवा लिइरहेका कार्यालयका सूचना अधिकारी लक्ष्मणप्रसाद घिमिरेले जानकारी दिए।

मिर्गौला फेल भएका बिरामीले डाइलासिस सेवा लिन प्रत्येक स्थानीय निकायबाट अनिवार्य सिफारिस लिनुपर्ने र सोही अनुसार विपन्न नागरिक उपचार सेवा कोषअन्तर्गत निःशुल्क डाइलोसिस उपचार सेवा दिने गरिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले बताए।

सम्बन्धित अस्पताललाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महाशाखामार्फत वार्षिक रकम भुक्तानी दिने गरिएको उनले जानकारी दिए।

प्रतिष्ठानका रजिष्टार तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष राजेश प्रसाइँले हेटाँैडा अस्पतालमा एक वर्षअघि प्रतिष्ठानले एकजना मिर्गौला रोग विशेषज्ञ चिकित्सकको दरबन्दी सिर्जना गरी बिरामीलाई सेवा दिँदै आएकामा प्रदेश सरकारबाट बजेट विनियोजित नहुँदा निरन्तरता दिन नसकिएको बताए। सम्बन्धित निकायमा चिकित्सकको दरबन्दी उपलब्ध गराउन पहल भइरहेको उनको भनाइ थियो

समितिले मिर्गौला रोग विशेषज्ञ चिकित्सकका लागि विज्ञापनद्वारा पदपूर्ति गर्ने प्रक्रिया सुरु गरिसकेको प्रसाइँले जानकारी दिए। उनका अनुसार तीन हप्ताभित्रै विशेषज्ञ चिकित्सकसहितको सेवा अस्पतालले दिनेछ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.