

पोखरा : सम्भव नेपाल नामक संस्थाले गोरखाका ७ वटा पालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका र अजिरकोट गाउँपालिकालाई एक एक थान एम्बुलेन्स र मेडिकल सामग्री सहयोग गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पालिकाहरूलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । उनले सामाजिक संस्थाले स्वास्थ्यका क्षेत्रमा गरेको साथ र सहयोग उल्लेख्य रहेको बताए । यस्तै, बेडसाइट स्क्रिनिङ, ट्रली, स्टील दराज, मेडिकल रेफ्रिजेरेटर आइएलआर, सिरानी तन्ना, डेलिभरी बेड, हस्पिटल बेडसाइड लकर, ह्वील चेयर, इलेक्ट्रिक हिटर र ग्लब्स सहयोग गरिएको अध्यक्ष प्रेम खत्रीले जानकारी दिए ।
एम्बुलेन्स खरिद र हस्तान्तरणसम्म २ करोड ६८ लाख लगानी भएको उनको भनाई छ ।