Aricle Tech

काठमाडौं : कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीकै उपचार खर्च व्यहोर्ने भएको छ । कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो । कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आइरहेकोमा फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति /पत्नीलाई समेत यो योजनामा समावेश गरिएको कोषले जनाएको छ । ‘कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने सन्दर्भमा २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा…

विस्तृतमा...

रोल्पा : जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता/असक्त (क र ख वर्गका) नागरिकसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ।  कार्यक्रमअन्तर्गत रोल्पाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै गई निःशुल्क स्वास्थ्यपरीक्षण तथा परामर्श दिन थालेका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिए। उक्त कार्यक्रम स्वास्थ्य कार्यालयको आयोजना तथा स्थानीय तहको सहकार्यमा भइरहेको उनले जानकारी दिए। यसका लागि जिल्लाभरका करिब तीन सय स्वास्थ्यकर्मी परिचालन गरिएका छन्। जिल्लामा ८० वर्ष माथिका ज्येष्ठ नागरिकको कूल सङ्ख्या दुई हजार दुई सय ६२ रहेको कार्यालयले जनाएको छ। सुनछहरी गाउँपालिकामा ८० वर्ष माथिका…

विस्तृतमा...

देशभर अहिले चिसो बढेको छ । सकेसम्म घरभित्र चिसो नछिरोस् भनेर झ्याल/ढोका सबै बन्द गरेर राखिन्छ । साथै, कोठा र शरीरलाई न्यानो बनाउनको लागि हिटर, कोइला आदिको प्रयोग पनि बढ्दो छ । तर, यस्ता कुराहरु प्रयोग गर्दा ध्यान पु¥याउन सकिएन भने ठूलो दुर्घटना हुन सक्छ भन्ने कुराको बारेमा भने कमैले मात्रै ध्यान दिएको देखिन्छ । ४ वर्ष पहिले पोखरामा यसरी नै कोठभित्र कोइला बालेर न्यानो बनाउने हुँदा धुवाँले निस्सासिदा कोठाभित्र एकै परिवारका चारजनाको मृत्यु भयो । करिब दुई वर्ष पहिले इन्जिनियर दम्पत्ति पुष्कर जोशी र अप्सरा श्रेष्ठको चिसोको समयमा प्रयोग गरिएको हिटरबाट सल्केको आगोको लप्काले जल्दा ज्यान गुमाउनु परेको थियो…

विस्तृतमा...

धनगढी : हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ डोप्ककी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए। कर्णबहादुरका अनुसार अन्शुले १३ दिनअघि, पुस १२ गते पालिकाकै मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी थिइन्। प्रसूति अवस्थाबाट उनी तंग्रिँदै थिइन्। ‘१२ दिनसम्म उनको अवस्था ठीकठाकै थियो। परिवारले पनि राम्रो हेरचाह गरेको थियो। सोमबार बिहान उनको स्वास्थ्य अचानक बिग्रियो,’ मृतकका दाजु कर्णबहादुरले भने। अन्शुलाई सोमबार बिहान अचानक गाह्रो भएर छिटोछिटो सास फेर्न थालेको कर्णबहादुरले बताए । ‘हिजो बिहान नुवाइधुवाइ गर्छु भनेर पधेँरामा गएकी रहिछन्। नुहाएर फर्किएपछि सासूआमालाई टाउको दुख्यो,…

विस्तृतमा...

काठमाडौं : इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएका हुन् । नेपालमा पहिलोपटक हिजो सात जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ भेटिएको थियो । साथै सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउनसमेत उनले अनुरोध गरेका छन्। मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थानजस्तै मेला, भोज,…

विस्तृतमा...

काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले काठमाडौं मेडिकल कलेजले गरेका डा. विशद दाहालको तत्काल निलम्बन फुकुवा गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका छन् । मंगलबार काठमाडौं विश्वविद्यालयलाई राईले लेखेको पत्रमा मन्त्री राईले ‘डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गर्न गराउन काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा १३क उपदफा (३) बमोजिम निर्देशन दिएको छु,’ उल्लेख गरेका छन् । उक्त कलेजले १२ दिनअघि डा दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसङ्गत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो ।

विस्तृतमा...

काठमाडौं : माइतीघर मण्डलमा प्रदर्शन गरिरहेको डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मुखमा टेप लगाएर चारबुँदे माग राख्दै प्रदर्शनमा उत्रिएका उनलाई प्रहरीले समातेर वृत्त सिंहदरबारमा राखेको हाे । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ । डा केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन् । केही दिनअघि पनि डा गोविन्द केसी लगायत ९ जनालाई प्रहरीले माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको थियो ।

विस्तृतमा...

कैलाली: कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालको फार्मेसीमा औषधि परामर्श तथा सूचना कक्ष सञ्चालन गरिएको छ । एक हप्ता अगाडिबाट फार्मेसीमा आउने बिरामीका लागि औषधिको प्रयोग सम्बन्धि परामर्श दिन सूचना कक्ष सञ्चालनमा ल्याइएको अस्पताल फार्मेसी इन्चार्ज फार्मा डी डाक्टर जनक शाहील बताए । अस्पताल फार्मेसीमा पाँच वटा औषधि बिक्री काउन्टर बनाइरहेको शाहीले बताए । काउन्टर ‘क’ बाट आकस्मिक कक्षका बिरामी, शय्या भर्ना भएका, शल्यक्रिया र आइसियू भर्ना बिरामीलाई औषधि दिने व्यवस्था मिलाइएको छ । यसैगरी, काउन्टर ‘ख’ बाट ओपिडी र पैसा तिरेर औषधि लिन मिल्ने र बाँकी तीन काउन्टरबाट स्वास्थ्य बीमा र सामाजिक सुरक्षा उपभोग गर्ने बिरामीलाई औषधि वितरण गर्ने व्यवस्था…

विस्तृतमा...

तनहुँ : आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानका अनुसार पहिलो चरणमा वडा नम्बर ४, ५ र ६ मा यो कार्यक्रम लागू हुनेछ । उनले भने, “सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बीमा लागू हुनेछ । यसले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने अपेक्षा गरेका छौँ ।” स्वास्थ्य बीमाका लागि पालिकाले नीति, कानुन निर्माण गरिसकेको छ । यसका लागि सम्बन्धित…

विस्तृतमा...

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको बताएका छन् । हिजाे काठमाडौँ नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको राष्ट्रिय योग दिवसका अवसरमा आयोजित सप्ताहव्यापी आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले लामो समयदेखि दरबन्दी थप नभएकाले अब दरबन्दी थप गर्न लागिएको जानकारी दिए । उनले भने, “देशभरमा अहिले ९२ हजार स्वास्थ्यकर्मी तत्काल आवश्यक छ । तर आवश्यकताभन्दा कम दरबन्दी भएकाले थप गर्न लागिएको हो ।” लामो इतिहास बोकेको नरदेवी आयुर्वेद चिकित्सालयलाई सरकारले विशेष ध्यान दिने उनको भनाइ छ । आयुर्वेदिक उपचार महत्त्वपूर्ण उपचार पद्धति रहेको भए पनि सरकारले जति ध्यान दिनुपर्ने हो त्यसरी…

विस्तृतमा...