काठमाडौं : नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा विश्व दवाडी नियुक्त भएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य मन्त्रालयले उनलाई उक्त जिम्मेवारी दिएको हो ।
आइतबार मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त रजिस्ट्रार बनाइएको हो । काउन्सिलको रजिस्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त गर्ने गर्छ । मन्त्री परिषदबाट रजिस्ट्रार नियुक्त नहुन्जेलका लागि डा दवाडीलाई निमित्त दिइएको हो ।
उक्त पदबाट केही दिनअघि मात्रै डा कृष्ण अधिकारीले बिदा लिएका थिए ।