धनगढीः कैलालीको धनगढीमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा तीन महिलामा क्यान्सरको सङ्क्रमण फेला परेको छ । धनगढी उपमहानगर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको आयोजनामा शनिवार सञ्चालन गरिएको शिविरमा तीन महिलामा क्यान्सर फेला परेको हो ।
६३ महिलाको भिआइए परीक्षण गर्दा तीनमा पोजेटिभ देखिएको छ । १० महिलाहरू शङ्कास्पद रहेका छन् । उनीहरूमा स्तरनमा गाँठागुँठी भएका ६, घाँटीमा गाँठागुँठी भएका एक, लामो समयदेखि बिरामी परेका २ जना र पेटमा गाँठागुँठी भएका १ बिरामी शङ्कास्पद फेला परेका हुन् । धनगढी उपमहानगरपालिकाका अनुसार चार क्यान्सर पीडितहरूले पनि पुनःपरीक्षण गराएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ घसीटामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १९१ जनाले परीक्षण सेवा लिएका छन् । उनीहरूमा १३८ महिला र ५३ जना पुरुष रहेका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयले बताएको छ ।