Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
  • आजदेखि डेङ्गी सचेतना अभियान सुरु
  • डेंगी परीक्षण शुल्क तोक्नुपर्ने स्वास्थ्य मन्त्री पौडेलको धारणा
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि तीन अर्ब १९ करोड बजेट स्वीकृत
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

हेलिकप्टर कुर्दाकुर्दै कोल्टीमै अस्ताइन् १३ दिने सुत्केरी

Aricle TechBy Aricle Tech२०८० पुष २५, बुधबार
Share
Facebook Twitter

धनगढी : हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ डोप्ककी नवप्रसूति २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको उनका दाजु कर्णबहादुर बुढाले जानकारी दिए।

कर्णबहादुरका अनुसार अन्शुले १३ दिनअघि, पुस १२ गते पालिकाकै मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी थिइन्। प्रसूति अवस्थाबाट उनी तंग्रिँदै थिइन्। ‘१२ दिनसम्म उनको अवस्था ठीकठाकै थियो। परिवारले पनि राम्रो हेरचाह गरेको थियो। सोमबार बिहान उनको स्वास्थ्य अचानक बिग्रियो,’ मृतकका दाजु कर्णबहादुरले भने।

अन्शुलाई सोमबार बिहान अचानक गाह्रो भएर छिटोछिटो सास फेर्न थालेको कर्णबहादुरले बताए । ‘हिजो बिहान नुवाइधुवाइ गर्छु भनेर पधेँरामा गएकी रहिछन्। नुहाएर फर्किएपछि सासूआमालाई टाउको दुख्यो, रिँगटा लाग्यो भनेकी रहिछन्,’ कर्णले भने, ‘रक्तस्राव भएर पनि त्यस्तो भएको हुनसक्छ। आमाले तातो बनाएर पनि खान दिनुभएछ।’

पेटमा तातो परेपछि अन्शुलाई झन् गाह्रो भएको कर्णले बताए। त्यसपछि उनको स्वास फुल्न थालेको र हतारहतार गाडी खोज्नतिर लागेको कर्णले बताए। त्यसो त उनलाई गाउँकै स्वास्थ्य केन्द्रमा पनि देखाइएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले अन्यत्र लैजान सुझाए।

अन्शुको घर सदरमुकामबाट ४६ कोस टाढा पर्छ। दुर्गम ठाउँमा भनेको बेला गाडी पनि नपाएको कर्णले बताए। ‘बल्लबल्ल गाडी भेट्टाएर कोल्टी लिएर गयौं। त्यहाँबाट हेलिकप्टर, जहाज जे भेटिन्छ त्यसैमा उपचार गर्न लैजाने सोचेका थियौं,’ उनले भने।

ताँजाकोटबाट बाजुराको कोल्टी पुर्‍याउन तीन घन्टाभन्दा बढी समय लागेको कर्णले सुनाए। ‘भर्खर खोलेको ट्र्याकमा धेरै कठिनले उनलाई कोल्टी पुर्‍यायौं। गाउँमा एम्बुलेन्स थिएन। गाडीमा अक्सिजनको व्यवस्था हुने कुरा भएन,’ उनले दुखेसो पोखे।

कोल्टी पुर्‍याएपछि पनि उपचार हुन नसकेको उनले बताए। ‘कोल्टीको स्वास्थ्य केन्द्रमा पनि अक्सिजन रहेनछ१ उनलाई त्यहीँ केन्द्रमा राखेर परिवार हेलिकप्टर, जहाज कुर्न थालेछन्। सबैतिर खबर भयो। सिफारिस, चिट्ठी पनि बनायौं। तर, हेलिकप्टर, जहाज आएन,’ उनले भने।

हेलिकप्टर, जहाज आउने छाँट नदेखिएपछि एम्बुलेन्सबाट थप उपचारका लागि जिल्ला अस्पताल मार्तडी लैजाने तयारी गरेको र तर सुत्केरीलाई निकै गाह्रो भइसकेको उनले बताए।

‘त्यहाँ गाउँपालिकाको एम्बुलेन्स पनि तयारी हालतमा नै रहेछ तर त्यसमा पनि अक्सिजन रहेनछ। मार्तडीस्थित जिल्ला अस्पताल लैजाने अवस्था भएन,’ उनले भने, ‘छटपटाउँदा छटपाउँदै बहिनीको ज्यान गयो।’

अन्शुको सोमबार राति दस बजे मृत्यु भएको र अहिले घर ल्याएर दाहसंस्कार गरिएको उनले बताए। ‘आमाको ज्यान त गयो, १३ दिने शिशुलाई कसरी बचाउने पीर छ । दुर्गम क्षेत्र भएकाले यस्तो विपत्ति आइलाग्यो, हामी त निकै पीडामा छौं। ज्वाइँ झन् सम्हालिनै सक्नुभएको छैन,’ कर्णले भने।

तीन वर्षे वनस्पति विज्ञान पढेकी उनको गत वर्ष मात्रै विवाह भएको थियो।

Aricle Tech
  • Website

सम्बन्धित खबर

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै

आजदेखि डेङ्गी सचेतना अभियान सुरु

भर्खरै

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै

२०८२ श्रावण १, बिहीबार

आजदेखि डेङ्गी सचेतना अभियान सुरु

२०८२ श्रावण १, बिहीबार

डेंगी परीक्षण शुल्क तोक्नुपर्ने स्वास्थ्य मन्त्री पौडेलको धारणा

२०८२ असार ३२, बुधबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.