कैलाली: कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालको फार्मेसीमा औषधि परामर्श तथा सूचना कक्ष सञ्चालन गरिएको छ ।
एक हप्ता अगाडिबाट फार्मेसीमा आउने बिरामीका लागि औषधिको प्रयोग सम्बन्धि परामर्श दिन सूचना कक्ष सञ्चालनमा ल्याइएको अस्पताल फार्मेसी इन्चार्ज फार्मा डी डाक्टर जनक शाहील बताए । अस्पताल फार्मेसीमा पाँच वटा औषधि बिक्री काउन्टर बनाइरहेको शाहीले बताए । काउन्टर ‘क’ बाट आकस्मिक कक्षका बिरामी, शय्या भर्ना भएका, शल्यक्रिया र आइसियू भर्ना बिरामीलाई औषधि दिने व्यवस्था मिलाइएको छ ।
यसैगरी, काउन्टर ‘ख’ बाट ओपिडी र पैसा तिरेर औषधि लिन मिल्ने र बाँकी तीन काउन्टरबाट स्वास्थ्य बीमा र सामाजिक सुरक्षा उपभोग गर्ने बिरामीलाई औषधि वितरण गर्ने व्यवस्था मिलाइएको शाहले बताए । फार्मेसीमा रहेको औषधि परामर्श तथा ड्रग सूचना कक्षमा वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका बिरामीहरूलाई औषधि प्रयोग सम्बन्धी परामर्श दिन थालिएको शाहले बताए ।