काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले काठमाडौं मेडिकल कलेजले गरेका डा. विशद दाहालको तत्काल निलम्बन फुकुवा गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौं विश्वविद्यालयलाई राईले लेखेको पत्रमा मन्त्री राईले ‘डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गर्न गराउन काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा १३क उपदफा (३) बमोजिम निर्देशन दिएको छु,’ उल्लेख गरेका छन् ।

उक्त कलेजले १२ दिनअघि डा दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसङ्गत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो ।

Last Modified Date: २०८० पुष २४, मंगलवार








