Aricle Tech

सुनसरी :धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनमा उत्रिएका छन्। बढुवा प्रक्रिया सुरू नभएको भन्दै उनीहरुले आइतबारदेखि ओपीडी सेवा बन्द गरेका छन् । उनीहरु आकस्मिक कक्ष, ल्याब, एक्स–रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर निमित्त उपकुलपतिको कार्यकक्ष अगाडि धर्नामा बसेका छन् । यसअघि पनि उनीहरूले आन्दोलन गरेका थिए। त्यति वेला बढुवा प्रक्रिया अघि बढाउने सहमति भएको थियो । प्रतिष्ठान पदाधिकारीको बेवास्ताका कारण १७७ शिक्षक र एक हजार २०० कर्मचारीको बढुवा प्रक्रिया रोकिएको उनीहरूले बताएका छन् ।

विस्तृतमा...

गोरखा : उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले गाउँमै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम कार्यान्व्यन गरी भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन गरिरहेको बताए । कार्यक्रमबाट चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा पालिकाभित्रका २९ गर्भवतीले सेवा लिएका छन् ।

विस्तृतमा...

काठमाडौं : काठमाडौँको चन्द्रागिरिस्थित सेतो पहरामा भएको कार दुर्घटनामा वरिष्ठ बालरोग विशेषज्ञ डा महेशकुमार गौतमको मृत्यु भएको छ । लाजिम्पाटस्थित नेपाल आस्थमा एलर्जी सेन्टरमा कार्यरत विशेष डाक्टर गौतम आफैले चलाएको कार शनिबार दुर्घटना हुँदा उनीसहित पाँच जनाको मृत्यु भएको हो । उनले चलाएको प्र३०१२३ च ६९८५ नम्बरको कार काठमाडौंबाट चित्लाङतर्फ गइरहेको अवस्थामा चन्द्रागिरि नगरपालिकाको पानीघाटभन्दा माथि सेतोपहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा उनीसहित उनका दुई सन्तान र सासूससुराले ज्यान गुमाए । उनी पृथ्वीजयन्तीका अवसरमा बिदा पारेर सम्पूर्ण परिवारसहित घुम्न निस्केका थिए । दुर्घटनापछि उनकी पत्नी सृष्टि तिवारी गौतम शकुशल छिन्। डा सृष्टि क्यान्सर रोग विशेषज्ञ हुन्।

विस्तृतमा...

सल्लेरी : सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१ विद्यालयमध्ये सात विद्यालय बन्द भइसकेका छन् । यस्तै महाकुलुङ गाउँपालिकामा १९ मध्ये आठ, लिखुपिके गाउँपालिकामा २२ विद्यालयमध्ये छ, नेचासल्यान गाउँपालिकामा ३६ विद्यालयमध्ये…

विस्तृतमा...

काठमाडौँ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज डा.पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा ३ वर्षीय बालकमा कलेजोको सफल प्रत्यारोपण भएको छ । पर्साको वीरगन्जका ३ वर्षीय बालकमा कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको हो । उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन् । प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको वरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवम् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

विस्तृतमा...

काठमाडौँ : नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ । हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनी आफैँले उत्पादन गर्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको छ । स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरिरहेको औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागिपरेको पनेरुको भनाइ छ । उनका अनुसार लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि…

विस्तृतमा...

कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट घर फर्किने ३ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार एन्टिजेन परीक्षण गरिएका ७९ मध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीको गौरीफन्टा नाकामा पुसयता १८ जनामा संक्रमण देखिएको छ । हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार शुक्रबार १ जनामा संक्रमण देखिएको थियो । त्यसअघि विभिन्न पटक संक्रमण देखिएको छ ।

विस्तृतमा...

डोटी : दीपायल सिलगढी नगरपालिका–९ की २२ वर्षकी गर्भवतीलाई व्यथा लागेपछि बिहीवार बेलुकी साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याएर । गर्भवतीको व्यथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन । पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा. निराजन श्रेष्ठको टोली ‘अपरेशन’ को तयारीमा जुट्यो । यता आमाले अस्पतालबाटै बुहारीको ‘अपरेशन’ गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन् । छोराले लागदोष (देउता, भूतप्रेत) लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन् । तत्काल ‘अपरेशन’ नगर्ने हो भने…

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताए । उनले भने, “मलाई बदनाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ ।” महिलाको स्तन क्यान्सर भए/नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि…

विस्तृतमा...

काठमाडौँ : दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उनीलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ । उनले खुसी हुँदै भनिन्, “भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन् । मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन् । अब मेरा पनि सुखका दिन फर्किए ।” अहिले उनको आठ वर्षीय जेठो छोरा योगेन्द्र र चार वर्षीय छोरा प्रकाश विद्यालय जाने तयारी गर्दैछन् । मीनालाई चरम आर्थिक अभाव हुँदा छोराहरुलाई अस्पताल पु¥याउन त परै जाओस् बिहान–बेलुका छाक टार्न धौधौ थियो । “बाबुहरुलाई विद्यालय पठाउन त परै जाओस् घरमा…

विस्तृतमा...