काठमाडौं : काठमाडौँको चन्द्रागिरिस्थित सेतो पहरामा भएको कार दुर्घटनामा वरिष्ठ बालरोग विशेषज्ञ डा महेशकुमार गौतमको मृत्यु भएको छ । लाजिम्पाटस्थित नेपाल आस्थमा एलर्जी सेन्टरमा कार्यरत विशेष डाक्टर गौतम आफैले चलाएको कार शनिबार दुर्घटना हुँदा उनीसहित पाँच जनाको मृत्यु भएको हो ।
उनले चलाएको प्र३०१२३ च ६९८५ नम्बरको कार काठमाडौंबाट चित्लाङतर्फ गइरहेको अवस्थामा चन्द्रागिरि नगरपालिकाको पानीघाटभन्दा माथि सेतोपहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा उनीसहित उनका दुई सन्तान र सासूससुराले ज्यान गुमाए ।
उनी पृथ्वीजयन्तीका अवसरमा बिदा पारेर सम्पूर्ण परिवारसहित घुम्न निस्केका थिए । दुर्घटनापछि उनकी पत्नी सृष्टि तिवारी गौतम शकुशल छिन्। डा सृष्टि क्यान्सर रोग विशेषज्ञ हुन्।