कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट घर फर्किने ३ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार एन्टिजेन परीक्षण गरिएका ७९ मध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो ।
कैलालीको गौरीफन्टा नाकामा पुसयता १८ जनामा संक्रमण देखिएको छ । हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार शुक्रबार १ जनामा संक्रमण देखिएको थियो । त्यसअघि विभिन्न पटक संक्रमण देखिएको छ ।