सुनसरी :धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनमा उत्रिएका छन्। बढुवा प्रक्रिया सुरू नभएको भन्दै उनीहरुले आइतबारदेखि ओपीडी सेवा बन्द गरेका छन् ।
उनीहरु आकस्मिक कक्ष, ल्याब, एक्स–रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर निमित्त उपकुलपतिको कार्यकक्ष अगाडि धर्नामा बसेका छन् ।
यसअघि पनि उनीहरूले आन्दोलन गरेका थिए। त्यति वेला बढुवा प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
प्रतिष्ठान पदाधिकारीको बेवास्ताका कारण १७७ शिक्षक र एक हजार २०० कर्मचारीको बढुवा प्रक्रिया रोकिएको उनीहरूले बताएका छन् ।