काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले चिकित्सकको सिफारिस बिना औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
नगरपालिकाभित्र चिकित्सकको सिफारिस बिना मनोदिपक तथा साइक्याट्रिक औषधिहरु लागु औषद्यका रुपमा बिक्री वितरण हुने सुचना प्राप्त भएपछि औषधि पसलहरुलाई कारवाहीको चेतावनी दिएको हो । त्यस्ता पसलहरुलाई शिल गरिने जानकारी जारी सूचनामार्फत् नगरपालिकाले दिएको छ ।