काठमाडौं- चिकित्सा शिक्षा आयोगले शुक्रबार एमबीबीएस अध्यापनका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । जसमध्ये दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ ।
सर्वोच्च अदालतले आदेश दिएपछि झापामा रहेको बी एण्ड सीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएको थियो ।
यस्तै राप्ती र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५०–५० सिट छुट्याइएको छ । तर दुवैका लागि अर्थ मन्त्रालयले सञ्चालन सहमति दिनुपर्ने शर्त छ ।
हेर्नुस् सूची