काठमाडाैं : मुगुको सोरुमा फैलिएको भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको घटनाबारे नेपाल विद्यार्थी संघले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई ध्यानाकर्षण गराएको छ । आज(शुक्रबार) मन्त्रीलाई भेटेर नेविसंघले ध्यानाकर्षण गराएको हो ।
भाइरल ज्वरोले अन्य गाउँमा पनि विकराल समस्या ल्याउनसक्ने भएकाले विशेषज्ञ चिकित्सकसहित आवश्यक औषधी पठाउने व्यवस्था मिलाउन मागसहित केन्द्रीय समिति सदस्यहरुले मन्त्रीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका थिए । उक्त पत्र बुझ्दै मन्त्री बस्नेतले २४ घण्टाभित्र प्रभावित क्षेत्रमा औषधीसहितको चिकित्सक टोली पठाउने प्रतिबद्धता जाहेर गरेको केन्द्रीय सदस्य भुवन भट्टले बताए ।
राज्यको गम्भिर लापरबाहीका कारण सामान्य नागरिकले ज्यान गुमाउन नसरोस् भन्दै तत्काल सर्वसुलभ स्वास्थ सेवाको व्यवस्था गर्न मन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।
ध्यानाकर्षणपत्र बुझाउन नेविसंघका केन्द्रीय सदस्यहरु प्रमिका रानामगर, ई.भुवन भट्ट धर्मराज शाहि, जगतजँग विष्ट, कृष्ण सुवेदी, शोभा वास्ताकोटि, दिनेश शर्मा, पदम सुवेदी, एन्जोर कार्की लगायत नेताहरु सुरेन्द्र भण्डारी, खुम्ब देउवा पुगेका थिए ।
![](https://swasthyadiary.com/wp-content/uploads/2024/01/422934264_3220025121466755_5745346099570864429_n-724x1024.jpg)