

अछाम : इन्जिनियर रमिता रावलको क्यान्सर संक्रमणबाट ज्यान गएको छ । २५ वर्षको कलिलो उमेरमै उनलाई पाठेघर र ठूलो आन्द्रामा क्यान्सर सङ्क्रमण हुँदा ज्यान गएको बताइएको छ ।
सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछाम घर भएकी रावल नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचाररत थिइन् । रावल नेपालगन्ज उपमहानगरपालिकामा सब–इन्जिनियरका रुपमा कार्यरत थिइन् । पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीकी रावलको आज बिहान निधन भएको हो ।