काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।
डा. जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन् । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. जोशीले त्यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको चार वर्षे कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो ।