काठमाडाैं : आजदेखि बाल चिकित्सा नर्स सप्ताह, २०८० विविध कार्यक्रम गरी मनाइँदै छ । बाल चिकित्सा नर्स संघले बालबालिका तथा किशोर किशोरकिशोरीको सर्वाङ्गिक वृद्धिविकासका साथै यस क्षेत्रमा काम गर्ने नर्सहरुको पेशागत महत्त्व र हकहितमा समेत वकालत गर्ने उद्देश्यले २०७५ सालदेखि यो दिवस मनाउदै आएको छ ।
संघले हरेक वर्ष फागुन १६ देखि २२ गतेसम्म बाल चिकित्सा नर्स सप्ताह मनाउँदै आएको हो ।
यो वर्ष पनि सप्ताहव्यापी कार्यक्रम ‘बाल चिकित्सा नर्सहरूको आवाजः बाल शोषण रोक्नुहोस्’ भन्ने नाराका साथ देशैभर भव्यताका साथ मनाइने बताइएको छ ।
आज फागुन १६ गते पहिले दिन सामाजिक सञ्जाल अभियानबाट सुरु हुने यो कार्यक्रम२२ गते अन्तिम दिन काठमाडौंको कान्ति बाल अस्पतालमा बार्षिक साधारणसभा तथा वार्षिकदिवस समारोह सहित समापन गरिने बताइएको छ ।